ताप्लेजुङमा एक दिने नमुना औद्योगिक प्रदर्शनी

cdfsdsfताप्लेजुङ, ११ असार । ताप्लेजुङमा दोश्रो पटक घरेलु उद्यमीहरुको बजारीकरण विस्तारमा सहयोग पु¥याउने उद्धेश्यले आज एक दिने नमुना औद्योगिक प्रदर्शनीको आयोजना गरीएको छ ।  सदरमुकाम स्थित तोक्मेडाँडामा घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङले आज एक दिने औद्योगिक प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनिको विहान प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाडेले उद्धघाटन गर्नुभएको थियो ।

जिल्लाका विभिन्न गाविसका स्थानियले घरमानै लघु उद्योग स्थापना गरी उत्पादन गरेका सामाग्रीको प्रदर्शन गरी बजार विस्तारमा सहयोग पु¥याउने साथै उनिहरुलाई प्रोत्साहनका लागि प्रदर्शनीको आयोजना गरीएको घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङका कार्यलय प्रमुख नविन कुमार पौडेलले बताउनुभयो । प्रदर्शनीमा अल्लोबाट तयार भएका सामाग्री, ढाका र खाँडीका कपडा, बाँसका सामान, अलैँचीका रेसाद्धारा तयार भएका सामाग्री, विभिन्न काठका सामाग्री, सिस्नु पाउडर, अचार, लाली गुँरास र अमलाको जुस, खुकुरी, लगायतका बस्तुहरुको स्टलहरु राखिएका छन् ।

प्रदर्शनीले घरेलु तथा साना उद्यमीहरुलाई अझै उत्पादन गर्न प्रेरणा मिल्ने आयोजकको विस्वास रहेको छ । प्रदर्शनिमा सबै स्थानका उद्यामिहरु आउने र सिपका साथै अनुभव आदन प्रदान हुने हुँदा उद्यमिको बजार विस्तार पनि हुने प्रमख पौडेलको भनाई छ ।

यस अघि ताप्लेजुङमा तिन वर्ष अघि पहिलो पटक औद्योगिक पदर्शनीको आयोजना गरिएको थियो । घरेलु तथा साना उद्योग विकास समितिको सकृयता संगै गाँउ गाँउमा साना घरेलु उद्योगमा बृद्धी भए संगै दोश्रो पटक पदर्शनीको आयोजना गरिएको हो । पदर्शनीमा सहभागि उत्पादनकर्ता तथा उद्योगीलाई छनौट गरि पुरस्कृत गरिने समेत आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया