प्रदेश १ मा टनवाल ब्राण्डका विद्युतीय स्कुटरहरुको बिक्रीवितरण सुरु

इटहरी । इटहरी स्थित पाथिभरा ट्रेडिङले टनवाल ब्राण्डका विद्युतीय स्कुटरहरुको बिक्रीवितरण सुरुगरेको छ । प्रदेश १ को आधिकारिक वितरक पाथिभरा ट्रेडिङले विद्युतिय टनवाल ब्राण्डका स्कुटरहरू बिहिबार एक कार्यक्रमकाबिच सार्वजनिक गरेको हो ।

विश्व बजारमा लोकप्रिय टनवाल ब्राण्डको इलेक्ट्रिक स्कुटर शोरूम पाथिभरा टे«डिङको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले उद्घाटन गरेका थिए । पौडेलले विदेशबाट सवारीका लागि डिजल र पेट्रोल ल्याउनु पर्नेमा झन्झट हराउने तथा विधुतिय सवारीहरू आउन थालेपछी वातावरणमा समेत प्रतिकुल असर नपर्ने बताए । उनले विधुतिय सवारीहरूलाइ लक्षित गरी चार्जीगं सेन्टरहरू पनि ठाउँठाउँमा निर्माण गनुपर्ने बताए ।

एक पटक चार्ज गरेपछि सिंगल बेट्रीबाट ८० किलो मिटर भन्दा माथि माइलेज दिने र डबल बेट्री बाट १२० किलो मिटर भन्दा माथि माइलेज दिने पाथिभरा ट्रेडिङका सञ्चालक भिम कुमार श्रेष्ठले जानकारी दिए । पेट्रोल नलाग्ने हुँदा रकम बचत हुने मोविल फिल्टर नचाहिने आवाज रहित वार्षिक सडक कर नलाग्ने जस्ता कुराहरूले गर्दा प्रयाेगकर्ताहरूलाइ आथिर्क रूपमा फाइदा पुग्ने सञ्चालक श्रेष्ठले बताए । उद्घाटनकै समयमा ११ वटा स्कुटर बुकिङ भइसकेको समेत सञ्चालक श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया