छथर गाउँपालिकाकाे बजेट ३२ करोड २५ लाख

तेह्रथुम / शिक्षा,कृषी पर्यटन र पुबार्धार, समृद्ध छथर निमार्णको आाधार भन्ने मुल नाराका साथ छथर गाउँपालिकाले कृषी,पर्यटन र पुबार्धार प्राथमिकता,३२ करोड २५ लाख बढी बजेट गाउँसभामा पेश गरेको छ । पाँचौ गाउँसभा तथा तेश्रो बजेट अधीबेशनमा निती तथा कार्यक्रमका साथै बजेट पेश गरेको हो । तरकारी ब्लक निमार्णलाई निरन्तरता दिँदै फलफुल खेतीलाई प्राथमिताका साथ गाउँपालिकाले राखेको छ ।

निती तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष एक गाउँ एक उत्पादन कार्यक्रम लागु गर्ने गरी कृषी क्षेत्रलाई प्राथमितामा राखेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो । अध्यक्ष तिगेलाले ,३२ करोड २५ लाख ३५ हजार बराबरको बजेट गाउँसभामा पेश गर्नु भएको थियो । स्थानीय कम्पोष्ट र गडौलेमल उत्पादनका लागी कृषकहरुलाई प्रोत्साहन गर्ने निती तथा कार्यक्रममा समाबेश गरीएको छ ।

गाउँपालिकालाई पर्यटकीय रुपमा बिकास गर्नका लागी बिगतका बर्षमा भएका प्रयासलाई निरन्तरता दिँदै आएको गाउँपालिकाका प्रबक्ता राजन नेपालीले बताउनु भयो ऐतिहाँसिक,पुरातात्वीक,जातीय,भौगोलिक,धार्मिक,सांस्कृतिक,पर्यावणीय तथा साहसिक पर्यटनको बिकासका लागी गाउँपालिकाले जोड दिँदै आएको छ । पर्यटन प्रबर्धनका निम्ती प्रचार प्रसारका साथै पुबार्धारको बिकास र सुबिधाको उचित प्रबन्ध गर्न गाउँपालिका लाग्दै आएको छ । गाउँपालिकालाई स्वचालित तथा ब्याबश्थीत गती प्रदान गर्न यसै आर्थीक बर्ष पुर्बाधार तथा सडक निमार्णका योजनाहरु प्राथमिकताका साथ अगाडी बढाउने भएको छ ।

गाउँसभाका प्रमुख अतिथी प्रदेश सभा सदस्य लक्ष्मण तिवारीले स्थानीय सरकारले तत्काल जनताले आभास गर्ने खालका योजना निमार्ण गर्न अनुरोध गर्नु भएको थियो । तिवारीले प्रदेश सरकारले छथरको बिकास निम्ती सडक,सिँचाई, खानेपानी,कृषी र पर्यटन बिकासका लागी बजेट बिनीयोजन गरेको बताउनु भयो । गाउँसभामा स्वागत मन्तब्य उपाध्यक्ष तारा खरेल ढकालले राख्नु भएको थियो । गाउँसभाको शुभकामना मन्तब्य जिल्ला समन्वय समिती तेह्रथुमका सदस्य थानाहाङ तिगेलाले राख्नु भएको थियो ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…