च्याउका सबै परिकारका साथ इटहरीमा खुल्याे कञ्चनकोशी फुड सेन्टर

सुनसरी । इटहरीमा अब च्याउका बिभिन्न परिकार एकै ठाँउमा पाइने भएको छ । च्याउ स्वास्थ्यको लागी पनि निकै फाईदाजनक भएकाले पनि यसको परिकार प्रति सबैको मुख रसाउने गर्छ । यसैलाई मध्यनजर गदै इटहरी ६ स्थित कञ्चनकोशी फुड सेन्टरले च्याउका ६ आईटम एकै ठाँउ उपलब्ध गराउने भएको हो । इटहरीमा संम्भवत पहिलो पटक च्याउबाट मात्र बनेका परिकार पाइने यस फुड सेन्टरले च्याउको मम, पकौडा, चिल्ली मशरुम, सुप, मशरुम तावा र मशरुम स्टिक उपलब्ध हुनेछ ।

कञ्चनकोशी फुडका संञ्चालक बिनोद कार्कीले च्याउका पाँरखीलाई एकै ठाँउ सेवा उपलब्ध गराउने सोचका साथ नयाँ सेवा शुरु गरेको बताए । ‘च्याउका अझै पनि धेरै आईटम बन्छन्’ उनले भने ‘माग अनुसारको सेवा दिन हामी सदैव तयार छौ’ । अहिले ६ वटा आईटम दिने र पछि फेरी ५ आईटम थप्ने योजना रहेको उनले बताए । ‘च्याउबाट बनेको पकौडा अत्याधिक मिठो र स्वादिष्ट हुन्छ, ग्राहकको बढी माग पकौडा हुने गर्छ’ उनले भने ‘मम र सुप पनि राम्रो माग छ । नौलो आईटम प्रति सबैको चासो बढेको र चाख्न आउने क्रम जारी छ’ ।

मोरङको बुढीगंगा गाँउपालिकाका कृषक सरोज नेपालको फर्मबाट आयत गरिने च्याउ आर्गनिक हुने कार्कीको भनाई छ । अहिले दैनिक ५ केजीसम्म च्याँउको खपत हुने उनि बताउछन ।
च्याउबाट बनेको परिकारहरु अन्य आईटम भन्दा सस्तो दिने संञ्चालक कार्कीको सोच छ । साथै फुड सेन्टरमा च्याउको आईटम बाहेक आईस कफी, आईस मक्का, स्मोथी, मिल्क सेक, लस्सी तथा बिभिन्न फ्रेल्बरका फ्रेस जुस उपलब्ध हुनेछन् ।

सेन्टरमा बिशेष थकाली खानाका साथै पिजा, बर्गर, स्यान्वेज, स्नेक्स तथा ब्रेकफाष्ट आदीको सेवा उपलब्ध हुने छ । ८ बर्षसम्म बिदेशमा बसेर होटल सम्बन्धि ज्ञान लिएर इटहरीमा फुड सेन्टर संञ्चालन गरेका कार्की ग्राहकलाई मिठो, ताजा र आर्गनिक खाना र परिकारको सेवा दिदै आएको उनि बताउछन् । इटहरीको विपी चौक जाने बाटो नजिक रहेको सेन्टरमा आईसक्रिम तथा मिनि सेमिनार हलको सेवा समेत उपलब्ध छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया