चार सय हेक्टरमा सिँचाइ पुग्दै

लमही / आर्थिक वर्षमा दाङको थप ४०० हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने भएको छ । चालू आवभित्र पाँचवटा सिँचाइ आयोजना निर्माणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दाङका प्रमुख गणेश मरासिनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुकदेवा सिँचाइ आयोजनाको काम पूरा भएको भए पनि क्लाङखोला सिँचाइ आयोजना, भवानी कुलो सिँचाइ आयोजना, खटारे कुलो सिँचाइ आयोजना, जितपुरे सिँचाइ आयोजनाको काम चालू आवभित्रै सक्ने गरी काम अगाडि बढेको छ । उहाँले रु एक करोड ५१ लाख लागतमा निर्माण भइरहेको क्वाङ्खोला सिँचाइ आयोजनाको काम ९५ प्रतिशत पूरा भएको जानकारी दिनुभयो । त्यस्तै सोही लागतमा निर्माण हुन लागेको भवन सिँचाइ आयोजनाको ७५ प्रतिशत काम पूरा भएको उहाँले बताउनुभयो । बजेट अभावका कारण यी सिँचाइ आयोजनाको कामसमेत प्रभावित हुने गरेको उहाँको भनाइ छ । “बजेट अभावले गर्दा कामले गति लिन सकेको छैन”, उहाँले भन्नुभयो, “यी आयोजनाका लागि करीब रु नौ करोड बजेट आवश्यक छ ।”

त्यस्तै निर्माण भइरहेको खटारे सिँचाइ आयोजनाको काम ५० प्रतिशत पूरा भएको छ, भने जिपपुरे सिँचाइ आयोजनाको काम २० प्रतिशत पूरा भएको उहाँले जानकारी दिनुभयो । यी दुई सिँचाइ आयोजनाको काम पूरा गर्न रु आठ÷आठ लाख बजेट आवश्यक रहेको उहाँको भनाइ छ । पछिल्लो समय दाङमा उचित सिँचाइ नहुँदा खेत बाँझै राख्नुपर्ने बाध्यता छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया