घट्यो सुनको मूल्य

काठमाडौ / नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार चार सय रुपैयाँ कायम भएको छ । सुन हिजो प्रतितोला ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…