घट्यो सुनको मूल्य, यस्ताे छ अाजकाे मूल्य

काठमाडौं / नेपाली बजारमा केही दिनदेखि लगातार रुपमा बढ्दै गएको सुनको मूल्य आज घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घट्दै गर्दा चाँदीको मूल्य भने बढेको छ । आज पनि चाँदी तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ८५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला सात सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया