घट्यो सुनको भाउ, हेर्नुहोस् यति छ आज

काठमाडौं। आज सुनको मूल्य केही घटेको छ । हिजो तोलामा २ सय रुपैयाँले बढेको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ ।

आज चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा झरेको छ । हिलो चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…