घट्याे कुखुराको मासुको भाउ

काठमाडौं / ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ । उच्च मूल्य वृद्धिको रेकर्ड बनाएको मासुको भाउ किलोमा ३० रुपैयाँले घटेकाे छ । तयारी मासुको भाउ घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

जिउँदो कुखुराको मासुको भाउ घटेसँगै बुधबारदेखि काठमाडौं उपत्यकामा ब्रोइलर कुखराको तयारी मासुको मूल्य चार सय रुपैयाँमा झरेको संघले बताएकाे छ । होस्टलहरु बन्द हुनु, राति अबेरसम्म रेष्टुरेन्ट तथा होटल सञ्चालन हुन नपाउनु जस्ता कारणले बजारमा प्रभावित भएको बताइन्छ ।

तपाईको प्रतिक्रिया