ग्रिल तथा स्टिल ब्यावसायी संघको पहिलो अधिबेशन सम्पन्न

पथरी / ग्रिल तथा स्टिल ब्यावसायीको पहिलो साधारण सभा सम्पन्न भएको छ । रतुवामाई, रंगेली र सुनवर्षी नगरपालिका भित्र रहेका ग्रिल ब्यावसायीहरुको प्रथम साधारण सभाले महेन्द्र गुरगाईको अध्यक्षतामा ११ सदसिय समिती गठन भएको छ । त्यस्तै समितीको उपाध्यक्ष भगवान प्रसाद शाह, सचिव राधेश्याम राजबंशी, सह(सचिव केष्ण शर्मा, कोषाध्यक्ष बासुदेव राजबंशी, सदस्यहरु अनिल पराजुली, शवण कुमार राजबंशी, कृपान्न यादव, छत्र लिम्बू, कादिर हुसेन मौसम, फेकराज मंण्डल चयन भएका छन ।

सुनबर्षी नगरपालिकाको आदर्श मा. वि. मा भएको ईकाई सभाले पुर्वी मोरङमा रहेका ग्रिल तथा स्टिल ब्यावसायीले भोग्नु परेकाले यो समस्यामा स्थानिय सरकारले ध्यान दिनु पर्ने कुरामा ग्रिल ब्यावसाईहरुले जोड दिएका छन । सुनबर्षी नगरपालिका, रंगेली नगरपालिका र रतुवामाई नगरपालिका भित्र रहेका ग्रिल तथा स्टिल ब्यवसायीहरु आबद्घ रहेका छन । ग्रिल तथा स्टिल ब्यावसायलाई संगठित तथा एक रुपता गर्ने उद्घेश्यका साथ समिती गठन गर्दै अगाडी बढेको शिवनारायण राजबंशीले बताउनु भयो ।

कार्यक्रमका विष्शष्ट अतिथी तथा नेपाल ग्रिल तथा स्टिल ब्यासाई महा संघ केन्द्रीय अध्यक्ष मोहन कटुवालले “ ग्रिल ब्यावसाईहरु अब सरकारले निरधारण गरेको मुल्यका आधारमा एक रुपताका साथ अघि बढ्नु पर्नेमा र कामदारहरुलाई चाहिने तालिम र बिमाका बिषयमा महासंघ अघि बढ्दै चाडै समधान गर्ने“ बताउनु भयो ।

नव गठित समितीलाई प्रदेश सभासद शिव नारायण सिह, नेपाल ग्रिल तथा स्टिल ब्यावसायी महा संघ केन्द्रीय समितीका अध्यक्ष मोहन कटुवाल, सदस्य दिनेश पौडे्ल, सुनबर्षी नगर प्रमुख काली प्रसदास दास, उप प्रमुख मन्जु राई लगायतले शुभकामना दिनुभएको थियो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगितास : बिर्तामोड भेट्रानलाई ० का बिरुद्ध ४ गाेल गर्दै उर्लाबारी भेट्रान बिजयी

तपाईको प्रतिक्रिया

Loading…