ग्राहकको रोजाईमा पूर्वाञ्चल पोलिमर, फेबिकल देखी पेन्ट्स सम्मको स्वदेशी उत्पादन

सुन्दरहरैंचा / मोरङ सुन्दरहरैँचा ९ पिएलओ मार्गमा सञ्चालन हुँदै आएको पूर्वाञ्चल पोलिमर एक्राेलिक प्रा.लि.ले फेबिकल तथा पेन्ट्सको उत्पादन गरी आफ्नाे व्यवसायलाई प्रगति तर्फ अघि बढाउदै ग्राहकको मन जित्न सफल भएको छ ।

वि.स. २०६८ सालमा स्थापना भएर विगत ८ वर्षदेखि निरन्तर रुपमा सञ्चालित यस उद्योगले विभिन्न तहका २५ कामदारहरुलाई समेत स्थानीय क्षेत्रमा रोजगार दिन सफल भएको छ । व्यवसायिक सफलता हात पार्ने उद्देश्यले पिएलओ ग्रुप लगायत यस स्थानका उद्योग व्यवसायमा चासो राख्ने व्यवसायिकहरुको पहलमा उद्योग सञ्चालनमा आएको हो । नेपालको सबै स्थानमा बिक्री वितरणका लागि बजार रहेको यस पूर्वाञ्चल पोलिमर एव्रmेंलिक प्रा.लि.को विर्तामोड, दमक, इटहरी, विराटनगर, महाकाली, धनगढी लगायतका स्थानहरुमा १३ वटा भन्दा बढी डिलरमा सामान बजारमा बिक्री वितरणका लागि पुग्ने गरेको छ । करिब ४ करोडको पूँजी लगानी गरी सुरु गरिएको यस उद्योग अहिले १० करोडको लगानीमा सञ्चालित छ । यस पूर्वाञ्चल पोलिमर एव्रmेंलिक प्रा.लि.बाट विराटकोल, सिताकोल, स्मार्टकोल लगायतका फेबिकल उत्पादन गरी स्थानीय क्षेत्रमा स्वदेशी उत्पादनको विश्वास र आवश्यकता बढाउन सफल भएको कम्पनीका प्रबन्ध निर्देशक ज्ञानप्रसाद ढकालले बतए ।

वार्षिक रुपमा राम्रो नाफा कमाउदै आएको यस कम्पनीले स्थानीय क्षेत्रमा उत्कृष्ट रोजाईको फेबिकल उत्पादन गरी सफलता तिर अघि बढ्दै छ । विभिन्न आवश्यक कामको लागि प्रयोग गर्न सकिने फेबिकल बढी मात्रामा फर्निचर उद्योग तथा हस्तकलाका सामानमा प्रयोग गर्न, विभिन्न रंगमा मिसाएर रंग बलियो बनाउन, फोटो फ्रेम गर्न लगायतका कामहरुमा प्रयोग गरिने हुनाले यसको माग बढेकाले अहिले मूल्य वृद्धि समेत भएको छ । उच्च स्तरको विदेशी केमिकलबाट निर्माण हुने फेबिकल लाउन सजिलो, पानी तथा उच्च तापक्रममा नछुट्ने, लामो समयसम्म गुणस्तर कायम रही रहने लगायतका गुणहरु कायम हुने गर्दछ । आगामी समयमा यस उद्योगलाई अझै बिस्तार गरी वृहत उद्योगको रुपमा सञ्चालन गरेर रोजगारको समेत राम्रो प्रबद्र्धन गर्दै अघि बढ्ने योजना रहेको उद्योगका प्रबन्ध निर्देशक ढकालले जानकारी दिए ।

पूर्वाञ्चल पोलिमर एव्रmेंलिक प्रा.लि.मा हाल पिपिए पेन्ट्स अन्र्तगत विभिन्न प्रकारका रंगहरु समेत उत्पादन हुन थालेको छ । ७ बर्षको ग्यारेन्टी दिएर बनी सकेको घरमा यस उद्योगबाट उत्पादन भएका विभिन्न प्रकारका कलरहरु घरघरमा लगाउन सकिने सुविधा समेत कम्पनीले विस्तार गरेको छ । १ सय ८० प्रकारमा रंगहरु कलर बैकबाट ग्राहकको रोजाई अनुसार छान्न लगाएर उत्पादन गरि बिक्री वितरण गर्ने गरिएको कप्पनीले जनाएको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

पाथिभराकाे तेस्रो वार्षिक साधारण सभा सम्पन्न

विराट एक्स्पाे २०७६ हुने

सुन्दरहरैंचा आइडलको सेमिफाइनलमा छानिए १० प्रतिष्पर्धी

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

हाजिरीजवाफ प्रतियोगितामा स्कोलर्स होम प्रथम

सुन्दरहरैंचा राधाकृष्ण रथयात्रामा जे देखियाे… ( १९ तस्विरहरू)

बिराटचोकमा नयाँ कर नितिबारे अन्तरक्रिया

सुन्दरहरैचाको शुक्रबारेमा सिद्वार्थ गौतम बाल स्तम्भ

सुन्दरहरैंचामा विराट साहित्य समाजकाे साहित्यिक कार्यक्रम सम्पन्न

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया

Loading…