गाउँमै बैक पुगेपछी पुरा भयाे छथरबासीकाे खाता खोल्ने रहर

तेह्रथुम /  केहीबर्ष अघी सम्म बैकिङ सेवाका लागी सदरमुकाम नै पुग्नु पर्ने छथरबासीको बाध्यता बन्दै आएको थियो । गाउँमा बैक नहुँदा बचत, ऋणका कारोबार गर्न समस्यामा रहँनुको बिकल्प थिएन यहाँका स्थानीयहरुलाई । ग्रामिण क्षेत्रमा भरपर्दाे बैंक, वित्तीय संस्था या रेमिट्यान्स नहुँदा दुई चार पैसा हुनेले थैलीमै राख्थे, ऋण चाहिनेले साहु कहाँ पुग्नै पथ्यो ।

दशक अघी यहाँ रहेको कृषी बिकास बैक द्धन्द्धकालमा बिस्थापित पछी बैकिङ सेवाबाट बञ्चित रहँदै आएका थिए । देश संघीयतमा प्रबेश भए सँगै स्थानीय तहमा खुेलका बैकहरुले ठुलै राहात दिन थालेको यहाँका स्थानीयहरुले बताउने गरेका छन । बैक नहुँदा यस क्षेत्रका सरकारी तथा गैरसरकारी संस्थाका जागिरेहरु जोखिम मोलेरै सदरमुकामबाटै सेवा लिनुको बिकल्प थिएन । भरपर्दाे सवारी साधान नहुँदा ६ घण्टाको जंगलको बाटो हुँदै बैकिङ सेवा लिनु पर्ने बाध्यता रहेको जनज्योती आधारभुत बिद्यालय छथर २ हमरजुङका प्रधानध्यापक मन बहादुर खड्काले बताए ।

गाउँपालिकाको केन्द्रमा क बर्गको नेपाल बंंगालादेश बैकको स्थापना सँगै यतीबेला बैकमा खाता खोल्नेहरुको लहर नै चलेको बैकका मेजेजर सुदिप ढकालले बताए । दैनिक १५ देखी २० जनाले खाता खोल्ने सेवाग्राही आउने गरेका छन । स्थापना भएको ६ महिनाको अबधीमा ८ सयको हाराहारीमा खाता खोलिएको बैकले जनाएको छ । बैकले बिभीन्न किसीमका कर्जा प्रबाह सुरु गरेको छ । दिर्घकालिन कर्जा, अल्पकालिन कर्जा, कृषी औजारका साथै धितो कर्जा सुरु गरेको हो । कृषी तथा पशुको क्षेत्रमा बिषेश प्राथमिकताका साथ कर्जा प्रबाह गर्ने गरेको छ । बैकमा खाता सञ्चालन सँगै यस क्षेत्रका स्थानीयहरुले बचत तथा रेमिट्यान्स सेवा लिँदै आएका छन ।

एकै घरको ५ जना सम्मले खाता खोलेका छन । उनीहरुलाई बचत गर्न सहज बनेको छ । गाउँमै बैक स्थापना सँगै यस क्षेत्रमा सञ्चालन हुने बिकासे तथा बिभीन्न योजनाहरु सञ्चालनमा राहात मिलेको उपभोक्ता समितीहरुले बताउने गरेका छन । स्थानीय तहको केन्द्रमा बैक स्थापनाले छथरबासीलाई सहज मात्र नभई बचत गर्नका लागी भरपर्दाे माध्यम बन्दै गएको छ । ब्याक्तीगत तथा संस्थागत रुपमा बेकमा सेवा लिन आउने सेवाग्राहीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । जिल्लाको पश्चिमी क्षेत्रका स्थानीयहरुका साथै छिमेकी जिल्ला पाँचथर र धनकुटाबाट सेवा लिन सेवाग्राहीहरु आउने गरेका छन ।

Purbeli TV

तपाईको प्रतिक्रिया