गाँउगाँउमा मिल सञ्चालन भएपछि बद्लियो महिलाहरुको दैनिकी

तेह्रथुम । केही बर्षअघीसम्म बिहानीको भालेको डाँक सँगै बेलुकी आधारात सम्म ढिकी जाँतोमा अल्झिनुपर्ने ग्रामिण क्षेत्रका महिलाहरुको दैनिकी नै थियो । घरमा भएका परिवारको खानपिनका साथै घरपालुवा पशूपंक्षीहरुलाई खाने खाद्यन्य सामाग्री तयारी पार्नु महिलाहरुको दैनिकी हुन्थ्यो तर गाँउमा मिल सञ्चालनमा आएपछि उनीहरुको दैनिकी फेरिएको छ ।

हरेक ठाँउमा कुटानी पिसानी मिल सञ्चालनमा आए सँगै यहाँका महिलाहरुको दैनिकी नै बद्लिएको आठराई गाउँपालिका २ का स्थानीय कल्पना घिमीरे बताईन् । घरयासी काम सँगै खाद्यन्य सामाग्री तयार गर्नैमा दिन बिताउँदै आएका महिलाहरु बस्ती बस्तीमा मिल सञ्चालनमा आए सँगै बिभीन्न कार्यक्रमहरुमा सहभागी बन्न सहज बनेको छ । घाँसपानी पानी पधेँरी र खाद्यन्य तयारमा अल्झेदै आएका महिलाहरु राहात मिलेको लालीगुराँस नगरपालिकाका सुनिता लिम्बुले बताईन ।

पहिले गाउँमा मिल थिएन ढिकी जाँतोमै दिनहरु बिताउनु पर्ने थियो । गाउँमा ढिकी जाँतो गर्न पालो पखिर्नु पर्ने अबस्था थियो,अहिले मिलहरु सञ्चालन भएपछी महिलालाई हाई सुख भएको छ उनले भनिन् । बिहान मिलमा अन्न कुटानी पिसानीको लागी पुग्छन् दिनमा आनन्दले घरको काम सँगै बिभीन्न ब्याबसाय सञ्चालन गर्दै आएका छन । स्थानीयहरुले ल्याएको अन्न बिहानको समयमा पिसानी गरेर खाना खाए पछी आफ्नो कार्यालय पुग्छन् कुल बहादुर श्रेष्ठ । उनी छथर ३ का वडा कार्यालय कर्मचारी हुन ।

उनी भन्छन् ४ बर्ष अघी देखी मिल सञ्चालन ल्याएको हुँ गाउँमै एउटा मात्रै मिल हुँदा अन्न पिसानी गर्न हम्मे हम्मे हुन्थ्यो । अहिले गाउँ गाउँमा मिल सञ्चालनमा आए पछि सहजता बनेको श्रेष्ठको भनाई छ । बस्तीहरुको आबश्यकतालाई मध्यनजर गर्दै वडा कार्यालयको १ लाख ५० हजार सहयोगमा यस बर्ष मात्र २ वटा मिल जोडिएको वडा अध्यक्ष तुलसीजंग थापाले बताए ।

छथर २ मा यस बर्ष मात्रै १० वटा मिल प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमले अनुदानमा मिल बितरण गरेको छ । जिल्लाको ग्रामिण क्षेत्रका सबैजसो बस्तीहरुमा मिल सञ्चालन हुँदै आएका छन । मिल सञ्चालनले धान,मकै,कोेदो लगायतका खाद्यन्य बस्तु तयार गर्ने गरिएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

सिँचाई गर्न पानी जोहो गर्दै किसान

बर्षाका कारण तेह्रथुम सुक्रबारे बजारमा १ घर भत्कियो

धनकुटालाई हराउँदै अष्टमी गोल्डकपको उपाधी पाँचथरलाई

छथर सुक्रबारे धार्मिक पर्यटन मेला (तस्विरहरू)

सुख्खा ग्रस्त क्षेत्रमा मन्त्री आङबोद्धारा अनुगमन खडेरी पिडीतलाई मलम दिने प्रतिबद्धता

राज्यको आँखा पुग्न नसकेको तेह्रथुमको कटके बस्ती

पूर्वाञ्चल सिङ्गिङ स्टार–६ को अडिसनमा तेह्रथुमबाट १५ जना छनौट

सडक र्मतमा स्वतस्पुर्त जनप्रतिनिधि र स्थानीय जुट्दै

जोखिम मोल्दै अलैची किसान

ढाका व्यावसायमा महिलाहरुको आकर्षण

तपाईको प्रतिक्रिया