कोशीकरीडोरको कामले तिव्रता पायो

पाँचथर / पाँचथरको गणेशचोकदेखि सुनसरीको चतरा जोड्ने १ सय ४८ किलोमीटर कोशीकरीडोरको सडक काम तिव्रताका साथ अघि बढाइएको छ । पाँचथर, तेह्थमु र ताप्लेजुङका बासिन्दालाई विराटनगर, धरान लगायतका सहरसँग जोड्ने दुत्रमार्गको लिइएको सडकको काम ४० प्रतिशत पुरा भएको आयोजना कार्यालयले जानकारी दिएको छ ।

ट्रायक निर्माणदेखि ग्राबेलसम्मको स्तरउन्नतीकालागि लगाईएको ठेक्काको काम धमाधम भर्ईरहेको आयोजना प्रमुख अभिमान मूल्मिले जानकारी दिनुभयो ।
पाँचथरको गणेश चोकदेखि सुनसरीको चतरासम्म तमोर र कोशि नदिको तिरैतिर १ सय ४५ किलोमीटर डबल लेनको बाटो बनाउने कामले तिब्रता पाएको हो । सबै प्याकेजको काम तिव्रताका साथ अघि बढेको आयोजना प्रमुख मूल्मीले जानकारी दिनुभयो । सबै खण्डमा कामहरु भईरहेको उनले बताए । चाडै ट्रायक बनाउने काम अन्तिम चरणमा पुग्ने छ ।

६ अर्ब १५ करोड १४ लाख रुपैँयामा सात प्योकजमा ठेक्का लागेको सडकको ट्रायक निर्माणदेखि ग्राबेल स्तरसम्मको स्तर उन्नतीकालागि ठेक्का लागेको थियो । ‘कोशि कोरीडर सडक विस्तार योजना–२’ अन्तर्गत मध्यपहाडी लोकमार्ग आयोजना मार्फत यो सडकको काम अघि बढेको हो ।

प्रदेशको अस्थाई राजधानी विराटनगर लगायतका सहर पुग्न, ठुला अस्पताल तथा अन्य व्यापारीक केन्द्रसँग जोड्न यो सडकले महत्व राख्ने बताईन्छ । चिनसँगको सिमाना ताप्लेजुङको ओलाङ्चुङगोलाको तिप्तलादेखि मुलघाटसम्म जोड्ने उत्तर दक्षिण लोकमार्ग अन्तर्गतको सडकलाई सुनसरीको चतरादेखि पाँचथरको गणेशचोकसम्मा मध्यपहाडी लोकमार्गसँग जोड्ने गरी कोशि कोरीडर अघि बढाइएको हो ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…