कोरोनाको महामारीका बिच पनि आयल निगम बिराटनगरको काम चुस्तदुरुस्त

बिराटनगर । नेपाल आयल निगम प्रदेश १ कार्यलय बिराटनगरले कोभिड १९ को महामारीका बिच पनि पेट्रोलियम पदार्थको बिक्री बितरण सहज रुपमा सञ्चालन गरिरहेको छ । आबश्यत्ता र मागअनुसार पेट्रोलियम पदार्थको आपुर्ति सहज बनाएको प्रादेशिक कार्यलय बिराटनगरका प्रमुख नकुलप्रसाद भण्डारी बताउँछन । कार्यलयले हप्तामा ३ दिन आईतबार,मंगलबार र शुक्रबार पेट्रालियम पदार्थ बिक्री बितरण गरिरहेको छ भने अन्य दिन ब्यबस्थापनमा लागिपरेको भण्डारी बताउँछन ।

सबै कर्मचारीहरुको हरेक हप्तादेखि १५ दिनमा पिसिआर परिक्षण,प्रबेशद्धारमा कडाई सहित सम्पुर्ण सुरक्षा ब्यबस्था अपनाएर काम गरिरहेको र कार्यलयमा कार्यरत कर्मचारीमा कोरोना नदेखिएको भण्डारीको भनाई छ ।

भाद्र १ गतेदेखि कार्यलय प्रमुखका रुपमा आएका भण्डारीले कार्यलयको ब्यबस्थापन देखि दैनिक कामकाज समेत चुस्तदुरुस्त रुपमा गरिरहेका छन । कार्यलयमा २७ जना स्थायी र १० जना करारका कर्मचारी रहेका छन ।

तपाईको प्रतिक्रिया