कोरोनाकाे जोखिम कम गर्न सेन्ट्रल प्लाजाकाे यस्ताे तयारी ( तस्बिरहरू सहित )

इटहरी / कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको जोखिम कम गर्ने उद्देश्यले इटहरी स्थिति सेन्ट्रल प्लाजाले सतर्कता अपनाएको छ । विश्व भर फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल समेत परे पछि सतर्कता अपनाउन थालिएको हो । प्लाजामा आउने ग्राहकहरूमा काेराेनाकाे सङ्क्रमण हुन नदिन पुर्ण: सतर्कता अपनाइएको प्लाजाका प्रबन्धक सिदार्थ श्रेष्ठले बताए । महलको सरसफाइ, कर्मचारीहरूलाई अनिवार्य माक्स र ग्लाेबसकाे प्रयोग, रेलिङ, लिफ्ट लगायत सबैको निरन्तर सरसफाइ हुने उनले बताए । ग्राहकको स्वास्थ्यमा पूर्ण प्रतिबद्ध रहेको तथा सुरक्षाका सबै उपाय अपनाएको श्रेष्ठले बताए ।

त्यसै गरी प्लाजामा रहेको होटेल बरण्डाले कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम गर्न तयारी थालेको छ । होटेलमा आउने ग्राहकहरूको तापक्रम जाँच गरेर मात्र प्रवेशको व्यवस्था मिलाएको होटेल बरण्डाका मेनेजर डेभिड भण्डारीले जानकारी दिए । ग्राहकहरूलाई निःशुल्क मास्क वितरण तथा सेनिटाइजरले सफाइ गरिने गरेको उनले बताए । साथै सिने फ्लेक्समा समेत सङ्क्रमणको जोखिम कम गर्न सुरक्षाका उपाय अपनाइएको छ । प्रत्येक सो पछि हलको पूर्ण सरसफाइ, सिट, रेलिङ लगायतको बारम्बार सरसफाइ हुने सिने फ्लेक्सका मेनेजर राकेश सिंहले बताए । हलमा आउने दर्शकको तापक्रम जाँच गरेर ज्वरो नआएकालाई मात्र प्रवेश दिने गरेको उनले बताए ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको सङ्क्रमण अहिलेसम्म ७६ देशमा फैलिसकेको छ । कोरोनाको सङ्क्रमणबाट तीन हजार एक सय १९ जनाले ज्यान गुमाएका छन् भने ९० हजार तीन सय ३१ जनामा सङ्क्रमण भएको छ । त्यस्तै ४८ हजार एक सय ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन ।नेपालमा समेत एक जनाका यसकाे सङ्क्रमण देखिएकाे थियाे । उनि अहिले उपचार पछि निकाे भएका छन् । अहिलेसम्म ज्यान गुमाएका धेरै जना ८० वर्ष उमेर कटेका छन भने ९ वर्ष उमेरमुनिका कसैको पनि ज्यान नगएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…