कृषि विकास बैकद्वारा साझेदारी वनलाई सूचना प्रविधि सामग्री हस्तान्तरण

माेरङ / माेरङकाे सुन्दरहरैचा स्थित कृषि विकास बैंक शाखा विराटचोकले लोहोन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समूहलाई सूचना प्रविधि सामग्री हस्तान्तरण साथै वित्तीय साक्षरता र अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सूचना प्रविधि सामग्री हस्तान्तरण संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तरर्गत नगरकाे वडा नं. १० मा रहेको सुकुना सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा साे बैंकले कार्यक्रमको आयोजना गरेको थियाे । बैकले साझेदारी वनलाई एकएक थान ल्याक्टव, प्रीन्टर, क्यामेरा तथा सि.सि. क्यामरा सेट सहित ३ थान ,जीपीएस सिस्टम सहित ५ प्रकारका सामग्री हस्तान्तरण गरेकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि जिल्ला वन कार्यालय मोरङका अधिकृत विशाल घिमिरे तथा अतिथि कृ.वि.बैं.लि. प्रदेश नं. १ सम्पर्क कार्यालय विराटनगरका क्षेत्रिय निर्देशक सुन्दरप्रसाद खतिवडा, वडा नं. १० का वडाध्यक्ष राजेन्द्रबहादुर थापा, कार्यक्रमका सभापति कृ.वि.बैं शाखा विराटचोकका प्रबन्धक बिष्णुपाल बोहोरा लगायतले उक्त साझेदारी वनलाई सम्युक्त रुपमा सामग्री हस्तान्तरण गरेका थिए ।

बैज्ञानीक वन व्यवस्थापन गरी वातावरणिय सन्तुलन कायम राख्न सहयोग पुग्ने उदेश्यले सूचना प्रविधि सामग्री वितरण गरिएको बैकका शाखा प्रमुख बोहोराले बताए । बोहोराले कार्यालयमा छिटो छरीतो,सहज रुपले उपभोक्ताको काम होस्, बैज्ञानिक वन व्यवस्थापनमा रुखको गणना गर्न नाप्न श्रम शक्ति कम लाग्ने भएकाले जिएस क्यामेरा, भइरेका घाट गन्धीको सुरक्षाका लागि सिसि क्यामेरा लगायत २ लाख ४२ हजार बरावरका सामग्री वितरण गरेको जानकारी दिए ।

कार्यक्रममा प्रमुख घिमिरेले कृषि विकास बैंकको सहयोगले राज्यको बैज्ञानिक वन व्यवस्थापन र संरक्षण गर्ने कुरामा जलवायु परिवर्तन लगायतका विषयमा वितरण गरिएका सामग्री कोसेढुंगा सावित हुने बताउदै साझेदारी वन व्यवस्थापन समूहले पनि आफ्नो सुशासन र आर्थिक पारर्दशिता कायम गर्दै जानुपर्ने कुरामा जाेड दिए । अतिथि क्षेत्रीय निर्देशक खतिवडाले बैकंले कुल नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत खर्च गर्ने गरी कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको हुँदा यस्ता बैंकले देशैभरी शिक्षा, स्वास्थ्य, खानेपानी, वन, पर्यटन, दैविकप्रकोप, आश्रम मन्दिर लगायतका क्षेत्रमा यस प्रकारका कार्यक्रम गदै आएको बताए ।

सामग्री ग्रहण गर्दै लोहोन्द्रा केरावारी साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष दिप नारायण खाँले आफ्नो समूहले प्राप्त गरेका सामग्रीले कार्यालय संचालन देखि वन व्यवस्थापनमा काम गर्न सहज हुने र सबै उपभोक्ताको काम छिटो गर्ने कुरामा आफु लागिपर्ने बताए । कार्यक्रममा वडाध्यक्ष थापाले वनलाई भन्दा तल्लो स्तरका समुदाय केन्द्रीत भएर विपन्न वर्गमा पनि बैंकले सहयोग गर्नुपर्ने सुझाव सहित बैज्ञानिक वन व्यवस्थापनमा वितरण गरिएका सामग्री महत्वपुर्ण भएको बताए ।

तपाईको प्रतिक्रिया

Loading…