कुवेतमा साढे ३ लाख कामदार कटौती गर्ने, नेपालीको रोजरोटी गुम्ने

दोहा : कुबेत सरकारले यो हप्ताको अन्त्यसम्ममा करिव ३ लाख ६० हजार आप्रावासी कामदारहरुलाई हटाउने तयारी गरेको छ । यो तयारीपछि हजारौ नेपाली प्रभावित हुने भएका छन् । कोरोनाको कहरपछि कुवेत सरकारले संसदीय मानव संसाधन विकास समितिसँगको बैठकले जनसांख्यिकीय असंतुलनलाई सम्बोधन गर्न पूर्ण योजनाको रूपरेखा तयार गरेको छ । समितिले यस हप्ताको अन्त्यसम्ममा प्रतिवेदन पेश गर्ने जनाएको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा कुवेत सरकारले करिव ३ लाख ६० हजार आप्रवासी कामदारहरुलाई हटाउने तयारी गरेको छ ।जसमा अवैधानिक रूपमा बसेका १ लाख २० हजार आप्रबासी श्रमिकलाई हटाइने छ ।

यस्तै सीप नभएका १ लाख ५० हजार तथा ६० बर्ष भन्दामाथिका ९० हजार आप्रबासी काममदार हटाईने योजना छ । मध्यम र दीर्घकालीन समस्या समाधानका सवालमा जनसांख्यिकीय असंतुलनलाई सम्बोधन गर्न सरकारले रणनीतिक दिशानिर्देशन र कार्यक्रमहरू तय गरेको जनाएको छ ।

कुवेत सरकारले गरेको यो निर्णयसंगै हजारौ नेपालीको रोजगारी गुम्ने खतरा बढेर गएको छ । कोरोनाका कारण अहिले कुवेतमा धेरै कम्पनी बन्दभएर कतिपय नेपाली विगत लामो समयदेखि स्वदेश फर्किने पर्खाइमा छन् भने कतिपय नेपाली स्वदेश फर्कि सकेका छन् ।

नेपाल सरकारले गरेको उद्दार उडानमार्फत धेरै नेपालीफर्किए पनि वास्तविक पिडित तथा पैसा नहुने अधिकांश नेपाली श्रमिकअझै कुवेतमै रहेको त्याहा स्थित श्रमिकहरुले बताउदै आएका छन् । कुवेतमा विभिन्न क्षेत्रमा गरि करिव ५० हजार नेपाली श्रमिक कार्यरत रहेको पाईन्छ ।

बिगत लामाे समयदेखी समसामयिक बिषयमा कलम चलाउनुहुने योगेन्द्र योगी पूर्वेली न्युजका मध्यपूर्व प्रतिनिधी हुनुहुन्छ ।

योगेन्द्र योगीबाट थप

राजदूत पराजुली र फिलिपिन्सकी समकक्षी प्यानोलोङ्गबीच भेटवार्ता

कतारबाट हिमालय एयरलाइन्स मार्फत १४५ नेपाली स्वदेश फर्किए

ओमानबाट तीन जहाजले उडान गर्ने, बिचौलियाको पछि नलाग्न दूतावासको आग्रह

कुवेतमा एक नेपालीको मृत्यु

एनआरएनएद्वारा सिन्धुपाल्चोक पहिरो पीडीतलाई ५ लाख आर्थिक सहयोग

ओमानबाट सेप्टेम्बर ११ तारिखमा सलाम एयरले उडान गर्ने

कोरोना जाँच नै नगरी पिसिआर नेगेटिभ आएको रिपोर्ट दिने नेपाली डाक्टरलाई कारवाही गर्न माग

साउदीमा अलपत्र ६ नेपाली चेलीको उद्दार

एनआरएनए कतारद्वारा थप ६२७ खाद्यन वितरण

ओमानमा बन्ने भयो नेपाली दूतावासको आफ्नै भवन, जग्गा प्राप्त सम्बन्धी सम्झौतामा हस्ताक्षर

तपाईको प्रतिक्रिया