किक्सको नयाँ गाडी बजारमा

विराटनगर / निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले निशानको नयाँ गाडी ‘किक्स’ बजारमा ल्याएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरेर गाडीको लन्च गरियो । ग्रुपका निर्देशक निवास सारडा र अमित सारडा नयाँ गाडीको शुभराम्भ गरे । कर्पका अनुसार अत्याधुनिक र सुविधा सम्पन्न रहेको गाडी सातवटा रंगमा रहेको छ । कर्प प्रालिका शाखा प्रमुख अमित अग्रवालले आकर्षक देखिने र सुरक्षाको हिसावले गाडी अब्बल रहेको बताए ।

गाडीमा ८ इन्चको टचस्क्रिन, एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिकल क्लाइमेट कन्ट्रोल कूल र इलुमेनेटेड ग्लोभ बक्स रहेको छ । त्यस्तै क्रुज कन्ट्रोल, भ्वाइस रिकन्डिसन, स्टार्टको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकका लागि हाइट मिलाउन मिल्ने सिट, दुई वटा एयरब्याग, इबीडी र बीए सहितको एबीएम कारमा रहेको कम्पनीले जनाएको छ । इन्धन प्रतिलिटर १४ देखि २० किलोमिटरसम्म माइलेज दिने बताइएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया