कार डेकुरेसनका सबै सामान अब इटहरीमा

इटहरी । एक नम्बर पदेशका कार धनीहरुले अब कार डेकुरेसनका सर–सामानहरका लागि अब बोर्डर पारी गइरहनु नपर्ने भएको छ । सुनसरीको इटहरीमा युवा ब्यवसायी सार्थक थापाले संचालन गर्दै आएको कामख्या कार एसोसेरिज एण्ड टायर्स सेन्टरले सुफत मुल्यमा कारका नयाँ नयाँ डेकोरेसन सहितको ब्यवसाय थालनी गरीएको वताएका छन् । थापाले नेपालका कार धनीहरु आफ्नो कार सजाउन भारतको सिलीगुडी जानु पर्ने वाध्यता अव नरहेको वताएका छन् ।

उनले पुर्वमा कुद्ने सम्पुर्ण कारका सामानको सुविधा सहित ब्यवसाय थालनी गरीएको वताएका छन् । थापाले व्यवसाय विस्तार गर्दै सम्पूर्ण कारका सर–सामानहरु लिन सहज रुपमानै ईटहरीमानै पाउने बताउछन् ।

कार डेकोरेसनका सामान काठमाडौंपछि अब पूर्वाञ्चको ईटहरी पश्चीम लाईनमा सुरु भएको हो । सवै मोडेलका कारका सामान पाउने पहिलो र एकमात्र पसल कामख्या कार एसोसेरिजले अब चीन र भारतको दिल्लीबाट सामान आयात गर्दै ग्राहक तथा उपभोक्तलाई होलसेल रुपमा विक्री वितरण गरीने संचालक सार्थक थापाले वताएका छन् । साथै उनले सो एसोसेरिजले ग्रहाक तथा उपभोक्तालाई फिटिङ चार्ज नलिई आफ्नो सेवा विस्तार गरिहेको समेत जानकारी गराएका छन् ।

कारका पारखीहरुको लागी कारका डेकोराका सामान इटहरीमा नै उपलब्धहुनु समय र पैसाको पनि वचत हुने संचालकको भनाई रहेको छ । उनले कारका सम्पुर्ण भेराईटी उपलब्ध रहेको र कार मालीककै अनुसार सजाउने समेत वताएका छन् । संचालक थापाले सस्तो दरमा सर–समान विक्री गरिरहेको बताउँदै अन्य ठाउँमा पाउन मुस्किल रहेको स्टीलका हुटहरु पाउने जानकारी दिए । उनले सो एसोसेरिजमा स्टीलका हुटहरुका साथै एल्लो ह्वील, बम्पर गार्ड, डबल डीन, सेन्टा लक, बुफर, क्रोम किट सेट, एलइडी रिभर्स क्यामेरा, मोबाइल स्टेन, मोबाइल होल्डर्स, स्लाइडिङ क्यासेट र सिट कभरलगायतका समानहरु सुलभ तथा होलसेल मूल्यमा विक्री हुने जानकारी दिए ।

गतवर्षको विश्वकर्मा पूजाको दिन अर्थात् असोजको पहिलो दिनदेखि नै सञ्चालनमा आएको जानकारी दिएका छन् । उनले कुनै सामन घरमानै उपलब्ध गराउन परे पनि होम डेलीभरीको पनि सुविधा रहेको समेत बताए । उनले पसलको ०२५५८७१९४ मा फोन गरे तत्काल सामानको डेलिभरी हुने सुबिधा रहेको जाजकारी दिए ।

तपाईको प्रतिक्रिया