कामदार अभाबका कारण लाखौ बराबरको हरियो चियाको मुना बगानमै खेर

तेह्रथुम / तेह्रथुम १२ बैशाक तेह्रथुम जिल्लाको छथर क्षेत्रमा किसानहरुले खेती गर्दै आएको लाखौ बरारको चियाको हरियो मुना कामदार अभाब कारण चिया बगान मै खेर गई रहेको छ । जिल्ला छथर क्षेत्र अन्र्तगतका गाबिसहरुमा किसानहरुले लगाएको चिया खेतीमा कामदार अभाबका कारण बगानमै खेर गई रहेको २५ बर्ष देखी गर्दै आएका किसान भरत बस्नेतले बताउनु भयो ।

उहाँका अनुासार छथर क्षेत्रमा करिब साढे ३ सय रोपनिमा लगाएको चिया खेतीले बजार पाए कामदार अभाब कारण आम्दामी लिन किसानहरुले नसकेको बताउनु हुन्छ ।२०४५ सालमा ईलामको कन्यामबाट नर्सरी खरिद गरि १० जना किसानहरुबाट सुरु गरिएको यो खेति अहिले ९० जनाले खेति गर्दै आएका छन । बैदेसिक रोजगारमा युबाहरु बिदेसिनु तथा खानेपानी अभाबले बसाईसराई लगायतका कारणले कामदार अभाब भएकोले चियाको आम्दामीको श्रोत बनेको चियाको मुना बगान मै खेर गई रहेको हो ।

solma-tea-garden

 जिल्लाको छथर क्षेत्र अन्तरगत आङदिम हमरजुङ फाक्चामारा ओख्रे सुदाप र दाँगपा गाबिसका किसानहरुले ९० जना किसानहरुले चिया खेती गर्दै आएकका छन ।

तपाईको प्रतिक्रिया