करदाता कार्यालय पाँचथरमा ३ महिनामा ११ करोड वढि राजश्व संकलन

पाँचथर / करदाता सेवा कार्यालय पाँचथरमा चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ११ करोड वढि राजश्व संकलन भएको छ । आर्थिक वर्ष ०७७/०७८ को पहिलो त्रैमासिकमा ११ करोड ५१ लाख १६ हजार २ सय १० रुपैया राजश्व संकलन भएको कार्यालय प्रमख किरण लिम्बुले बताए ।

उनका अनुसार गत तिन महिनाको अवधिमा आयकर ४ सय १७ वटा,ब्यक्तिगत पान १ हजार २ सय १२ वटा,मूल्य अभिवृद्धि कर ४६ वटा,अन्त शुल्क १६ वटा दर्ता भएका छन् । गत आर्थिक वर्ष ०७६/०७७ मा मात्रै ४१ करोड,६९ लाख,७१ हजार,३ सय १३ रुपैया राजश्व संकलन भएको छ । गत असोज मसान्त सम्ममा यस कार्यालयमा आयकर ९ सय ६ वटा,१० हजार ५३ वटा ब्यक्तिगत पान,मूअकर ९ सय ६ वटा,अन्त शुल्क ८ हजार ९६ वटा दर्ता भएका छन् ।

दुई वर्ष अघि पाँचथरमा स्थापना भएको उक्त कार्यालयले पाँचथर र ताप्लेजुङका सेवाग्राही लाभान्वित भएका छन् । उक्त कार्यालय नहुँदा यी जिल्लाका सेवाग्राही झापाको भद्रपुर बाट सेवा लिन वाध्य भएका थिए ।

तपाईको प्रतिक्रिया