कति पुग्यो सुनको मूल्य आज ?

काठमाडौं, भदौ २३ / नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । हिजो (विहीबार) मात्रै तीन सय रुपैयाँले घटेको सुनको मूल्यमा आज ६ सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार आठ सय पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि भएको छ । आज चाँदी प्रतितोला सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…