एनएमबि बैंकको वित्तीय विवरण प्रकाशित, एक अर्ब नाघ्यो मुनाफा

एनएमबि बैंकले आ.व.२०७४/७५ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार एनएमबि बैंकले अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा भन्दा खुद मुनाफामा ४३ % भन्दा बढिले वृद्घि गरी रु. १ अर्ब कटाउन सफल भएको छ ।

त्यसैगरी बैंककोे आ.व.२०७४/७५ मा निक्षेप रु.८.६ अर्ब तथा कर्जा ६.६ अर्बले बढाएको छ । उच्च विक्तिय प्रगति प्रर्दशन गर्दै हाल बैंकको निक्षेप ८०.५५ अब पुगेको छ भने कर्जा ७०.९३ अर्ब पुगेको छ । यस अवधिमा बैंकले आप्नो निश्कृय कर्जालाई १.६७ % बाट झारेर १.२० % मा पु¥याएको छ ।

समिक्षा अवधिमा बैंकले उल्लेखनीय प्रगति हासिल गरेको छ । यसै गरि The Banker, Financial Times London बाट सन् २०१७ नेपालको लागि Bank of the Year 2017 तथा Frost & Sullivan in association with the Confederation of Nepalese Industries (CNI) बाट Certificate of Merit’ – Nepal Business Excellence Awards 2017 समेत प्राप्त गरेको छ । हाल एनएमबि बैंकको ९३ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया