एटीएमबाट भुक्तानी रोकिएपछि सेवाग्राही मारमा

राजविराज  / राजविराज जेठ १६ गते । राष्ट्रिय बाणिज्य बैंकले चिप्सहितको एटीएम कार्ड लागु गर्न पुरानो एटीएमबाट भुक्तानी रोकिएको छ । बैंकले ग्राहक वर्गलाई पूर्व सूचना नदिई पुरानो एटीएमबाट भुक्तानी रोकिएपछि सेवाग्राहीहरु सास्ती भोग्न बाध्य छन ।  बैंकले पुरानो ब्लु रंगको जारी गरिएको एटीएम कार्डको म्याद बाँकी रहदापनि सो एटीएमबाट भुक्तानी रोका गरिएको कारण पैसा झिक्न आउनेहरु खाली हात फर्किने गरेको छ । ब्लु रंगको एटीएमबाट भुक्तानी रोका गरिएको पूर्व सूचना नभएको कारण रित्तै फर्किएको सेवाग्राही परशुराम यादवले भन्नुभयो, पैसाको अन्त्यन्त जरुरी छ, चेक बोकेर आएको छैन । कसरी काम गर्ने । रोकिएको भनेर सूचना दिएको भए, यस्तो समस्या हुदैन्थ्यो ।

राष्ट्रिय बाणिज्य बैंक लिमिटेड राजविराजले करिब एक महिना अघि बैंक अगाडी भित्तामा ब्लु रंगको एटीएम रोका गरिएको र चिप्ससहित एटीएमबाट मात्र भुक्तानी हुने भनेर सूचना जारी गरिएको छ । ग्राहक वर्गलाई चिप्ससहितको एटीएम चाडै वितरण गरिने सूचनामा भनिएको छ । तर, बैंक पुगेपछि मात्र सो कुरा थाहा हुने भएकोले सेवाग्राहीहरु मारमा पर्ने गरेको छ ।

 

बैंकले चालु आर्थिक वर्षबाटै चिप्ससहित एटीएम जारी गरिएको छ । अहिलेसम्म दुईवटै (पुरानो र नयाँ)एटीएम काम गरिरहेको थियो भन्दै राष्ट्रिय बाणिज्य बैंक राजविराज एटीएम शाखाका वरिष्ठ सहायक दर्ताराज अचार्यले केन्द्रिय कार्यालयबाट एक्कासी अप्रिल १७ देखि ब्लू रंगको एटीएमबाट भुक्तानी रोका गरिएको भनेर मेल आएको बताउनुभयो । १५ दिनपछि नयाँ एटीएम आउने भनेर सूचना टाँस गरिएको, एटीएम नआएपछि फेरी अर्को सूचना टाँस गरे उहाँले भन्नुभयो, हालसम्म केन्द्रिय कार्यालयले एटीएम पठाएको छैन । यहाँ सेवाग्राहीहरु के भो, कहिले आउँछ दैनिक सोध्न आउँदा आफु र ग्राहक पनि हैरान भएका छौ ।

राबा बैंक राजविराजका प्रबन्धक उमेश नेपालले साउनयता दुई हजार ग्राहकलाई चिप्ससहितको एटीएम वितरण गरिसकेको बताउँदै उहाँले एक्कासी रोकिएपछि चिप्ससहितको एटीएम नआएको कारण वितरण नगरिएको बताउनुभयो । करिब छ हजार एटीएम प्रयोगकर्ता सेवाग्राही रहेकोमध्ये तीन हजारको रोक गरिएको र तीमध्ये दुई हजार चिप्स भएको एटीएम कार्ड आउने जानकारी दिनुभयो । नपुग ग्राहकलाई अर्को चरणमा वितरण गरिने बताइएको छ ।

एकै पटक एउटै सेवाग्राहीको दुई वटा एटीएम जारी गर्न छपाई गर्दा कम्प्युटर प्रविधिले नमानेपछि पुरानो ब्लु रंगको कार्ड रोक गरी चिप्स भएको कार्ड छपाई गरिरहेको बताउँदै उहाँले छपाइ भएपछि तुरुन्तै प्राप्त हुने र वितरण गरिने प्रबन्धक नेपालले जानकारी दिनुभयो । मार्चअघि म्याद भएको ग्राहकलाई स्वतः कार्ड पाउने उहाँले भन्नुभयो, मार्च भन्दापछि म्याद गुज्रिएका ग्राहकले फारम भरेपछि मात्र पाउँछ । कर्मचारी, शिक्षक, अवकाश प्राप्त कमचारीको पेन्सन, सामाजिक सुरक्षा र साधारण गरी ६७ हजार खाता सञ्चालनमा रहेको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…