एक्स्ट्रा स्पेशियस इन्टिरियर भएको नयाँ महिन्द्रा KUV100 को अनावरण

काठमान्डाैं / महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेडले आफ्नो निकै लोकप्रिय कम्प्याक्ट् SUV महिन्द्रा KUV100 (द यंग SUV) गाडीहरुको नयाँ मोडल नेपालमा ल्याएको छ । उक्त नयाँ KUV 100 ले आकर्षक SUV स्टाइलका साथै नयाँ प्रिमियम तथा एक्स्ट्रा फ्रन्ट स्पेश भएको झनै स्पेशियस इन्टिरियर पनि प्रस्तुत गरेको छ ।

 
उक्त गाडीले ग्राहकहरुलाई उत्कृष्ट डिजाइन, आरामदायी झनै बढि इन्टिरियर स्पेश, तथा सजिलो ह्यान्डलिङ्गका साथै ह्याचब्याक गाडीको मूल्यमा SUV गाडीको अनुभव प्रदान गराउने कुरामा कम्पनी विश्वस्त छ । यी स्टाइलिश गाडीहरु Pearl White, Aquamarine, Dazzling Silver, Flamboyant Red, Fiery Orange तथा Designer Grey का आकर्षक रंगहरुमा बजारमा उपलब्ध हुनेछन् ।

image description

अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पु¥याउँदै आई आप्mना सेवाहरु सञ्चालन गर्दै आएको छ र आज नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडिहरुको बिक्रेताको रुपमा आपूmलाई प्रस्तुत गर्न सफल भइसकेको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…