उद्योग वाणिज्य संघ पाँचथरको अध्यक्षमा नेपाल विजयी

पाँचथर / उद्योग वाणिज्य संघ पाँचथरको ११ औ अधिवेशन बाट नेपाली काग्रेस समर्थित लोकतान्त्रिक प्यानलका दिपक नेपाल विजयी बन्नुभएको छ । आज बिहान सम्पन्न पदाधिकारी तर्फको मतगणनामा उहाँका प्रतिस्पर्धी बामगठवन्धन लगायत संयुक्त प्यानलका तुलसीदास श्रेष्ठलाई १ सय ३३ मत अन्तरले पराजित गर्दे नेपाल विजयी बन्नुभएको हो ।

नेपालले ८ सय ५० मत प्राप्त गरिरहँदा उहाँका प्रतिद्धन्द्धी श्रेष्ठले ७ सय १७ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यक्षहरुमा यामनाथ काफले,प्रयागराज सुवेदी,तिलविक्रम नेम्बाङ्ग,राजु न्यौपाने विजयी बन्नुभएको छ । नेम्बााङ्ग र न्यौपाने नेपाल प्यानलका हुने भने काफले र सुवेदी श्रेष्ठ प्यानलका हुन् । त्यसैगरी महासचिवमा नेपाल पक्षका उमानाथ अधिकारीलाई हराउँदै श्रेष्ठ पक्षका नवराज घिमिरे विजयी बन्नुभएको छ । सचिव र कोषाध्यक्षमा श्रेष्ठ प्यानलका क्रमश नविनकिशोर घिमिरे र चन्द्रप्रकाश काफलेलाई हराउँदै नेपाल पक्षका कमल बाँस्कोटा र बिमला हाङ्गसुरुम्बा विजयी बन्नुभएको हो ।

यस्तै सदस्यहरुको भने मतगणना जारी रहेको निर्वाचन समितीले जनाएको छ । मंगलबार बिहान ९ बजेबाट शुरु भएको मतगणना आज बिहान ४ बजेतिर मात्रै पदाधिकारी तर्फको मतगणना सकिएको हो । कुल १ हजार ८ सय ३६ मतदाता रहेकोमा १ हजार ६ सय २६ मत खसेको थियो । गत शनिबार बाट उद्योग वाणिज्य संघको अधिवेशन शुरु भएको हो ।

Purbeli TV

तपाईको प्रतिक्रिया