उदयपुरमा जुनेलो र तिते फापर खेतीतर्फ किसानहरु आकर्षित

उदयपुर ।  पछिल्लाे समय उदयपुरकाे बिभिन्न क्षेत्रमा रहेका कृषकहरू  जुनेलो र तिते फापर खेती तर्फ  अाकर्षित बन्दै गएका छन । उदयपुरको ताप्लि गाउँपालिका वडा नं. ४ राजदहका रामबहादुर पहरीलाई आजभोली बारीमा पाकेको जुनेलो थन्क्याउन भ्याईन भ्याइको अवस्था छ । पहाडको भिरालो, खोरिया र रुखो बारीमा समेत सहजै उत्पादन गर्न सकिने भएपछि राजदहका रामबहादुर पहरी मात्र नभइ सुनकोसी गडतिरका हलेदे, निबुवाटार, राम्चे, आदमारा, कवासेटार, बुत्कु, ठानागाउँ लगायत दर्जन बढि गाउँका किसानहरु आजभोली जुनेलो र तिते फापरको खेतीप्रति आकर्षित भएकाछन ।

मधुमेहका बिरामीहरुको लागि जुनेलो, तिते फापर रकोदोको पीठो खानु अत्यन्तै उपयोगी हुने हुँदा बजारमा जुनेलोको दाना, कोदो र फापरको पिठोको माग बढेको कारण दुर्गम पहाडी क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका हुन । यस्तै उदयपुरगढी गाउँपालिकाको डुम्रे, रौतामाई गाउँपालिकाको आँपटार, पोखरी, लाफागाउँ, सुनकोशी गाउँपालिकाको बलम्ता, ताम्लिछा लगायतका पहाडी क्षेत्रका अधिकास क्षेत्रका किसानहरु पनि जुनेलो, कोदो र फापरको खेतीतर्फ आकर्षित भएकाछन ।

पछिल्लो समय बजारमा जुनेलो र फापरको माग ह्वात्त्तै बढेको छ । बिशेष गरेर शहरीया उपभोक्ताको दैनिक उपभोग्य वस्तुको रुपमा जुनेलो र फापरको परिकार बन्ने गरेको छ । त्यसैले ग्रामिण क्षेत्रमा किसानले यी वस्तुको व्यावसायिक खेती सुरु गरेको ताप्ली गाउँपालिका–५ रुपाटारका किसान डमबरवहादुर थापाले बताए । दुईचार बर्ष अघिसम्म सहर बजारमा यी वस्तुलाई अखाद्य वस्तुको रुपमा हेरिन्थ्यो र त्यसैले खेती पनि क्रमस कम हँुदै गएको थियो । तर पछिल्लो समय माग बढ्दै गएपछि खेती बढाएको पोखरीका किसान दुर्गाबहादुर मगरले बताए । त्यस क्षेत्रमा बिशेष गरेर जुनेलो र कोदो बढी फल्ने गरेको उनको भनाई छ ।

केहिवर्ष पहिलेसम्म मकै भुटे झैं हाँडिमा घान हालेर भुटेपछि फुलैफुल हुने र खाजाको रुपमा खान बाहेक जुनेलो खासै बिक्री हुँदैन थियो” मगरले भने– “ त्यसैले आफैले जाँड र रक्सीमा प्रयोग गर्ने गरेका थियौ । ” तर अहिले उत्पादन मात्र गर्नुपर्छ किन्नको लागि घरमै किलो तराजु लिएर व्यापारीहरु आउने गरेको मगर बताउँछन् ।

फापरको पनि बजारमा माग बढेको छ । बिशेष गरेर उपभोक्ताले तितेफापर खोज्ने भएकोेले किसानले पनि तितेफापरकै खेती बढाएकाछन् । पहिले पहिले गाउँ घरमा सागको लागि तिते फापर खेती गर्ने गरेको किसान वताउँछन् । तर, पछिल्लो समय बाली लिनकै लागि खेती सुरु गरिएको तासिप्ल गाउँपालिका ४ ठानागाउँकी उर्मिला सुनुवारले बताईन । सुनुवारले भने– “हाम्रो बारीमा पहिले तितेफापर फल्दैन थियो आपूmलाई रोटी बनाएर बिहान बेलुकाको खाजा खानका लागि मिठेफापर लगाइन्थ्यो तर दुईबर्ष यता मिठेफापको साटो तिते फापरको मात्र खेती हुने गरेको छ ।”

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

८ करोड रकम हिनामिना गर्ने लेखा अधिकृत रविन चन्द्र ढकाल पक्राउ

५ लाख पुरस्कार राशीको पाँचौं उदयपुर गोल्डकप हुने

प्रहरी बिरूध बिद्यार्थीद्धारा मसाल जुलुस प्रदर्शन

वम विष्फोटमा संलग्न भएको आरोपमा पूर्व सांसदसहित ७ पक्राउ

उदयपुरका नापी कार्यालय प्रमुख ५० हजार घुस सहित पक्राउ

छोराद्वारा आमाको घरमा आग्जनी

उदयपुरमा जनप्रतिनिधि र कर्मचारीद्वारा सरकारी गाडीको दुरुपयोग

इमो कलबाट २५ लाख उपहार पर्यो भन्दै पैसा ठगी गर्ने पक्राउ

गाउँपालिकाकाे भवन निर्माणमा अनियमितता : अख्तियारद्वारा छानबिन सुरू

उदयपुरमा सरकारी मोटरसाइकलको दुरूपयोग (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया