उत्कृष्ठ करदाता सम्मानित

संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिकाले उत्कृष्ठ करदातालाई सम्मान गरेको छ । नगरपालिकाको तेस्रो साधारण सभाको उद्घाटन कार्यक्रममा सोमबार उत्कृष्ठ पाँच जना करदातालाई नगरपालिकाले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा नवीन कुमार गौली, डेगराज बस्नेत, इन्द्र कुमार श्रेष्ठ, सुमन श्रेष्ठ र पुस्प बहादुर राई रहेका छन् । नगरपालिकाले वार्षिक १० हजार भन्दा बढी कर बुझाउने करदातालाई सम्मान गरेको हो ।

उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले आर्थिक वर्ष २०७५÷०७६ को निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सडक योजनालाई मुख्य प्राथमिकतामा राखेर खतिवडाले कार्यक्रम प्रस्तुत गरेका छन् । खतिवडाले कुल ६० करोड ८६ लाख ४२ हजार ५ सय ५० रुपैंयाको बजेट प्रस्तुत गरेका थिए । जसमा चालु खर्च ३९ करोड ४१ लाख २८ हजार (६४.७६ प्रतिशत) र पुँजीगत तर्फ २१ करोड ४५ लाख १४ हजार ५ सय ५० (३५.२४ प्रतिशत) को बिनियोजित बजेट प्रस्तुत गरिएको हो । सभा मंगलबार समापन हुने छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया