इटहरी स्थित सेन्ट्रल प्लाजामा खुल्याे मेलान्ज स्टोरकाे तेस्रो शाखा, धुर्मुस सुन्तलीले गरे उद्घाटन

इटहरी / इटहरी स्थित सेन्ट्रल प्लाजामा मेलान्ज स्टोरकाे तेस्रो शाखाकाे शुभारम्भ भएकाे छ । कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले शनिबार एक कार्यक्रमकाबीच सेन्ट्रल प्लाजामामा रहेको मेलाञ्ज स्टोरकाे उद्घाटन गरेका हुन् । ग्राहकहरूले सस्ताे तथा स्तरिय मल्टिब्रान्डका लत्ता कपडा तथा फेसनका सामानहरू खरीद गर्न सकिने उदेशयका साथ इटहरीमा मेलान्ज स्टोर स्थापना गरिएकाे मेलान्ज स्टोरका प्रमुख प्रमुख शैलेश लोहनीले बताए । लाेहाेनीका अनुसार मेलान्जले वर्षदिन भित्र देशभर दसवटा शाखा विस्तार गर्ने लक्ष्य लेएकाे बताए । करिब डेढ वर्ष अघिबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेको मेलान्जे काठमाडौं, धनगढीमा अाफ्नाे शाखा रहेकाे र काठमाडौंमा अर्काे शाखा खोल्ने जनाएकाे छ ।

९० लाख रुपैयाँकाे लगानिमा खाेलिकाे उक्त स्टाेरमा एउटै छाना मुनी लेडिज जेन्स् तथा बच्चाका तयारी कपडा, व्याग, पर्स, परफ्यूम, जुत्तालगायतका सामग्री सुपथ मूल्यमा पाइने इटहरी प्रमुख ध्रुब दाहालले बताए । उनले आवश्यकता अनुसार लगानी थप्ने पनि जानकारी दिएका छन् ।

स्टाेर उद्घाटनका क्रममा कलाकार धुर्मुसले मेलान्ज व्यवसायिक उत्तरदायित्वसँगै सामाजिक उत्तरदायित्वको रुपमा सक्रिय रहेको बताए । मेलान्ज कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत नाफाको निश्चित रकम धुर्मुस सुन्तली फाउन्डेसनलाईं प्रदान गर्ने गरेको छ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…