इटहरीमा सुविधा सम्पन्न होटल स्टन प्यालसेको शुभारम्भ

इटहरी / इटहरीमा पाँच करोडको लागतमा सुविधा सम्पन्न होटल स्टन प्यालसेको उद्घाटन भएको छ । इटहरी ४ शान्ति चौकमा बैदेशिक रोजगार बाट फर्कीएका दुर्गा थापाले होटल स्टन प्यालसे सञ्चालनमा ल्याएका हुन् । शनिवार भब्य कार्यक्रमका साथ प्रतिनिधिसभा सांसद योगेश भटराईले होटलको उद्घाटन गरेका छन । होटलको चारतले आफ्नै भवनमा १३ वटा कोठा रहेको छ ।

हाईवे भन्दा केही भित्र रहेको उक्त होटलमा अन्य ठाउँबाट आउने पर्यटकहरुले बुक गरेर आउने र घुमाउने जिम्मा पनि होटलले नै लिने थापाले बताए । ग्राहकको चाहना अनुसारका परिकारहरु बनाउने र ग्राहकलाई खान बस्नमा सन्तुष्ट बनाउने बताउँदै थापाले इटहरीका अन्य होटल भन्दा सुविधा र सरल तरिकारले सेवा प्रदान गर्ने विश्वास दिलाए । इटहरीमा अन्य होटलहरु पनि सञ्चालनमा रहेको भएपनि आँफू अस्वस्थ प्रतिष्पर्धाबाट टाढा रहेको उनले बताए ।

कार्यक्रम बोल्दै प्रतिनिधिसभा सांसद भटराईले प्रदेश नं १ मा पर्यटकीय दृष्टिकोणले ठुलो सम्भावना रहेको बताए । उनले पाथिभारा, बराहक्षेत्र र हलेसिलार्इृ प्याकेज बनाएर पर्यटक भित्र्याउन सके इटहरीमा होटलको राम्रोे सम्भावना राम्रो रहेको बताए बनाएर पर्यटक भित्र्याउन सके इटहरीमा होटलको राम्रोे सम्भावना राम्रो रहेको बताए।

तपाईको प्रतिक्रिया

Loading…