इटहरीकाे प्रिमियर हाेटलमा फरक स्वादकाे नेपाली खाना (तस्विरहरू सहित)

इटहरी / सुनसरीकाे इटहरीस्थित प्रमियर हाेटल स्कुलले बुधबार फरक स्वादमा नेपाली खानाकाे परिकारहरूकाे चखाएकाे छ । प्रदेश नं १ अन्तरगत इटहरीमा पहिलाे पटक भएकाे उक्त कार्यक्रममा बिश्वका बिभिन्न राष्ट्रहरूमा रहि नेपालकाे माैलिक खानाहरूकाे प्रचार प्रसार एवं प्रवर्धन गर्न चर्चित सेफहरू बुधबार इटहरी अाएका थिए ।

स्थापनाकाल देखिनै बिदेशी सेफहरूबाट अाफ्नाे उपभाेक्ता एवम सेवाग्राहीहरूलार्इ नेपाली परिकारका स्वादिस्ट खानाहरूकाे स्वाद चखाउदै अाएकाे प्रमियर हाेटलले बुधबारपनि अन्तराष्ट्रिय स्तरका सेफहरू बाेलाएर नेपाली माैलिकता झल्किने गरी खानाहरूकाे परिकारका स्वाद चखाउने कार्यक्रम राखिएकाे थियाे ।

इटहरीका ब्यापारी, उद्याेगी, कलाकार, पत्रकार, बुद्धिजिवी लगायतकाे ब्यापक उपस्थितिमा नेपाली दाल भात, तरकारी, गुन्द्रुककाे अचार मात्र नेपाली परिकार नभएर त्यसैबाट अन्य ब्यवस्थित परिकार बन्न सक्ने उदहारण प्रस्तुत गरिएकाे थियाे ।

कार्यक्रममा बेलायतका सेफ शंकर पाण्डे , नेपालका चर्चित सेफ शुरेसचन्द्र बस्नेत , नेपालकै चर्चित सेफ प्रकास कटुवाल लगायतकाे उपस्थिति रहेकाे थियाे । उनिहरूले नेपालका सबै क्षेत्रलार्इ समेटेर ६ प्रकारका खानाहरू बनाइ उपस्थित पाहुनाहरूलार्इ स्वाद चखाएका थिए । उनिहरूले थेन्थुक सुप , बटुक , गुन्द्रुककाे अचार , फापर राेल्स , सिद्राकाे अचार र सिकार्नि नामक भिन्न भिन्न परिकार बनाएर प्रदर्शन संगै त्इसकाे स्वाद चखाएका थिए ।

नेपाली खानाहरूकाे परिकारलार्इ सदैव स्मरण गराउदै त्यसकाे माैलिकता झल्काउन प्रदेश नं १ मा याे पहिलाे कार्यक्रम रहेकाे हाेटल प्रिमियर स्कुलका सञ्चालक सुनिल भुषालले बताए ।

तपाईको प्रतिक्रिया