आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण तेस्रो सुन्दरहरैंचा एक्स्पो २०७५

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित गछीया खेल मैदानमा फाल्गुण ४ देखि तेस्रो सुन्दरहरैंचा एक्स्पो २०७५ भव्य रुपमा आयोजना भएको छ । सुन्दरदुलारी उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुण १२ गते सम्म एक्स्पो संचालन हुनेछ । कृषि पर्यटन, उधोग र व्यापार,आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ सुन्दरनगरीका रुपमा परिचित सुन्दरहरैँचामा साझेदारीको अवधारणा अनुरुप एक्स्पो आयोजना भएको हो । तेस्रो सुन्दरहरैंचा एक्स्पोको वारेमा आयोजक तथा सरोकारवालाहरुको संक्षित्त धारणा याहां प्रस्तुत गरिएको छ ।

भानुभक्त ढकाल, मन्त्री, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय

सुन्दरहरैंचाको सुन्दर नगरीमा संञ्चालन हुने महोत्सवले कृषि, पर्यटन लगायत विविध पक्षको सकारात्मक सुधार हुने विश्वास लिएको छु । एक्स्पोको अनुगमन तथा उद्घाटन समारोहमा मेरो पनि सहभागिता भएको छ । एक्स्पोे सफलताको कामना सहित आफनो तहबाट आफुले गर्न सक्ने साथ सहयोग गर्ने प्रतिबद्धता गर्दछु । यस महोत्सवले राम्रो गति लिएर लक्ष्य प्राप्त गरोस भन्न चाहान्छु । माहोत्सवलाई प्रभावकारी र सफल बनाउन आवश्यक छ । एक्स्पोलाई प्रभावकारी रुपमा सफल बनाउंन सके देशको कृषि तथा औधोगिक लगायतका विविध उत्पादनमा टेवा पुग्नेछ । एक अर्काको साथ सहयोगका साथै एकता र सद्भावबाट आर्थिक र सामाजिक पक्षको हित हुने काम गरेर अघि बढन जरुरी छ ।

रमेशजंग रायामाझी, राष्ट्यि सभा सदस्य

मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि महोत्सवबाट टेवा पुग्ने गर्दछ । यस प्रदर्शनीबाट ओधोगिक उत्पादन, कृषि पशुपंक्षि एवम् पशुजन्य उत्पादनमा व्यवसायीकरण, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ । यस नगरमा विगतमा पनि भव्य रुपमा विराट महोत्सव र कोसीहरैंचा एक्स्पो २०७३ संचालन भै सकेको तथा हाल सुन्दरहरैंचा एक्स्पो २०७५ आयोजना गरिएको छ । यसबाट नगरको पहिचान बढ्नुका साथै व्यापार व्यवसायको विकासमा समेत सफलता हासील हुनेछ । महोत्सवलाई सबैको सहकार्य र सद्भावबाट सफल बनाउनु पर्दछ । मेरो आफ्नै ठाउं तथा सुन्दरहरैंचा विकासको बगैंचामा महोत्सव हुने कुराले अति नै खुसी छु । यसमा मेरो तर्फबाट पनि साथ र सहयोग रहेने छ ।

धनमाया तामाङ, नगर उपप्रमुख,सुन्दरहरैंचा नगरपालिका

सुन्दरहरंैचा नगरको आर्थिक तथा सामाजिक रुपमा स्तरउन्नती गर्नका लागी आयोजना गरिएको तेस्रो सुन्दरहरैंचा एक्स्पोमा सवैको सकारात्मक सहभागिता रहनु जरुरी छ । महोत्सवको लागि विषेश सहयोगी समेत रहेको सुन्दरहरैंचा नगरपालीकाको एक्स्पो संचालनमा महत्वपुर्ण भूमिका समेत रहने छ । सबैको हितका लागि संचालन गरिएको महोत्सवबाट नाफा भएको रकमले अति आवश्यकताको विषय सार्वजनिक शौचालय तथा सीटी हल बनाउने योजना सकारात्मक उद्देश्य हो । कृषि,औधोगिक,सुचना प्रविधि,मनोरन्जनको विशेष महत्व मmल्कने एक्स्पोमा स्थानिय उत्पादन, हस्तकला तथा विभिन्न क्षेत्रको विकासमा टेवा पुग्नेछ । यस महोत्सवलाई सफल बनाउंन महिला दिदीबहिनीहरुको समेत महत्वपूर्ण भूमिका साथै हामीमा अमmैं सहयोगी र एकताको भावना विकास होस भन्न चाहान्छु ।

भोलेश्वर दुलाल,  प्रमुख सल्लाहकार,आयोजक समिति

तेस्रो सुन्दरहरैंचा एक्स्पोको बिषेश आर्कषण रोजगार मेला, वाल उधान, खानाको विभिन्न परिकार, विभिन्न बस्तुहरुको अवलोकन अलग—अलग पेभेलियन, हेलिकप्टरबाट पाथिभराको दर्शन तथा साइडसिनको व्यवस्था रहनेछ । अस्ट्रीज इमो,भेडा,उट टर्कीको प्रर्दशनीका साथै चर्चित राष्ट्यि कलाकारहरुको प्रस्तुती बिभिन्न डान्स सेन्टरको आकर्षक नृत्य महोत्सवमा रहने छ । एक्स्पोमा विभिन्न किसीमका औधोगिक उत्पादन तथा सेवाका १ सय ८५ भन्दा माथीका स्टलहरु रहने छन । एक्स्पोको मुख्य प्रायोजक पूर्वाञ्चल ल्यूव आयल प्रा.लि.रहेको छ । आयोजकले एक्स्पोको सुरक्षा व्यवस्थामा ख्याल गरेरे भईपरी आउने प्राकृतिक प्रकोपलाई समेत मध्यनजर गरि स्टलहरुमा समेत बिमाको व्यवस्था गरेको छ । विगतमा दुई चोटि एक्स्पो सञ्चालन गरिसकेको अनुभवको आधारमा राती ८ बजे सम्म मात्र एक्स्पो सञ्चालन गरिने छ । आर्थीक,सामाजिक तथा पहिचानको विकासका लागी आयोजना गरिएकोे महोत्सवमा सबैले आआफ्नो ठाउं तथा क्षेत्रबाट सहकार्य गरि एकता र सद्भावका साथमा महोत्सवलाई सभ्य तथा भव्य बनाउन जरुरी छ ।

किशोर कार्की,  संयोजक, आयोजक समिति

कृषि पर्यटन उधोग र व्यापार,आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ सुन्दरनगरी सुन्दरहरैँचामा साझेदारीको अवधारणा अनुरुप सुन्दरहरैँचा एक्स्पो आयोजना गरिएको हो । सुन्दरहरैँचा एक्स्पो २०७५ मा कृषि औधोगिक तथा व्यवसायिक प्रदर्शनी हुनेछ । पूर्वमानै उद्यमान तथा एउटा बेग्लै पहिचान बनाउँदै अघि बढि रहेको यस नगरपालिका मन्त्रिपरिषदको निर्णयबाट साविक कोशीहरैँचा र सुन्दरदुलारीको सुखद् समायोजनबाट सुन्दरहरैँचा नगरपालिकाको गठन भएको हो । यस क्षेत्रको आर्थिक एवम् औद्योगिक विकास र औद्योगिक बस्तुहरुको प्रविधि एवम् बजार प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने उद्धेश्यले गर्न लागिएको यस प्रदर्शनीबाट औद्योगिक उत्पादन, कृषि, पशुपंक्षि एवम् पशुजन्य उत्पादनमा व्यवसायीकरण, सा‌ंस्कृतिक एवम् पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षाका साथ यो एक्स्पो आयोजना गरिएको हो ।

जीवन ढुङ्गाना,  सचिव, आयोजक समिती

तेस्रो सुन्दरहरैंचा एक्स्पोले व्यापार व्यवसायी तथा विविध क्षेत्रका व्यक्तिहरुलाई लाभ मिल्ने अपेक्षा गरिएको छ । एक्स्पो लाई सफल रुपमा संचालन गर्न आयोजक तथा सरोकारवालाहरु उत्साह जनकरुपमा आ—आफ्नो काम र जिम्मेवारीमा दिनरात नभनि व्यस्त भएका छन् । यस भन्दा अघि नगरमा सम्पन्न भएको २ वटा एक्स्पोलाई समेत मध्यनजर गदै यस पटकको महोत्सवलाई थप व्यवस्थित बनाईनेछ । एक्स्पोको भित्री सुरक्षाको लागि सिसि क्यामेरा, नीजी सेक्यूरेटि गार्ड, स्वयम सेवयको व्यवस्था गरिएको छ भने एक्स्पोको बाहिर जनपथ प्रहरी, सशस्त्र प्रहरीहरुको सुरक्षा रहने छ । एक्स्पो संचालनमा खर्च भएर बाँकी रहेको रकमले अति आवश्यक सामजिक काममा खर्च गरिने छ । करिव १० देखी १५ करोड वरावरको आर्थीक कारोवार हुने अनुमान गरिएको एक्स्पोमा ७५ लाख खर्च तथा ३ लाख दर्शकले अनुगमन गर्ने अपेक्षा राखिएको छ ।


नागेश पोख्रेल, सहसंयोजक, आयोजक समिती

सुन्दरहरैंचा नगरमा आयोजना भएको महोत्सव सबैको लागि गौरवको विषय हो भन्ने मैले बुमmेको छु । यस महोत्सवाट कृषि तथा औधोगिक क्षेत्रको विकास गरि कृषिको व्यवसायिकरण तथा औधोगिक उत्पादन बारे जानकारी हुनेछ । महोत्सवबाट हामी बिचको एकता र सद्भाव अमmै बढेर जाओस भन्न चाहान्छु । एक्स्पोबाट नयां प्रविधि र उत्पादन वारे ज्ञान हुनुका साथै उत्पादन र उपभोक्ता बीचको सम्वन्धमा विस्तार हुनेछ । विभिन्न वस्तुको उत्पादन एव्म यान्त्रिकरण र पर्यटन प्रवद्र्धनमा यस्ता खालका आर्थिक तथा व्यवसायिक महोत्सवको महत्वपुर्ण भूमिका रहन्छ । आफ्नो ठाउंको पहिचान तथा समाज र देश विकासको लागि आयोजना हुने महोत्सवलाई सबैले सकारात्मक किसीमले बुमmेर महसुस गर्न जरुरी छ । यस्तो महत्वपुर्ण अवसरमा सवै सहभागि भएर एक्स्पोलाई सफल बनाउन सबैको साथ सहयोगको आवश्यकता परेको छ ।

पुरनकुमार राई,  आर्थिक संयोजक, आयोजक समिती

 

भव्य रुपमा सबैको साथ सहयोगमा आयोजना गरिने एक्स्पोमा विशिष्ट व्याक्तिबाट औपचारिक उद्घाटन भएको छ । एक्स्पो बाट व्यपार, व्यवसाय उधोगधन्दाको कारोवारमा विकास भै व्यवसायीहरुलाई आर्थिक ,सामाजिक रुपमा अघि वढ्न मदत पुग्नेछ । यस महोत्सवमा रामकृष्ण ढकाल, राजेश पायल राई, प्रमोद खरेल,मन्त्र ब्याण्ड दार्जे्लिङ , आस्था राउत , राजन राज शिवाकोटी , मेलिना राई, निशान भट्टराई लगायतका स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । विशेष आर्कषणका लागि हेलिकप्टरको समेत व्यवस्था आयोजकले गरेको छ । महोत्सवमा कृषी,उधोग,अटोमोवाईल्स, सुचना प्रविधि ,हस्तकला ,वैकल्पिक उर्जा,घरयासी सामाग्री,गामेन्ट,खाधपदार्थ, वैक तथा वितिय संस्था , सुचना प्रविधि,बिधुतीय सामग्री लगायतका प्रदर्शनमा हुने सेवा तथा वस्तु रहने छन् । यसवाट विविध क्षेत्रका मानिसलाई फाईदा पुग्नेछ ।

भक्तीप्रसाद सिटौंला,  मञ्च व्यवस्थापन उपसमिती संयोजक

वृहत रुपमा ९ दिन सम्म संचालन गरिने महोत्सवमा आर्कषक गेट, पंडाल, स्टल निर्माण तथा स्टेज सजावट लगायतका विविध आवश्यक कामहरु भएका छन् । एक्स्पोको प्रबद्र्धन नेपाल पर्यटन बोर्ड तथा नेपाल उधोग वाणिज्य महासंघले गर्र्ने छन् । एक्स्पो प्रवेशमा विधालयहरुको लागि टिकटमा केही रकम छुटको व्यवस्था समेत गरिएको छ ।यस महोत्सवमा मनोरञ्जन मूलक विविध कार्यक्रम दैनिक रुमपा संचालन हुनेछ । सवैलाई गीत संगीत तथा मनोरन्जन मन पर्ने विधा अन्र्तगत पर्दछ । आर्थिक तथा सामाजिक विकासका साथै विविध पक्षको हितका लागी एक्स्पो उपलब्धी मूलक हुने विश्वास गरिएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सेताे बङगला एकेडेमीकाे वार्षिकोत्सब सम्पन्न

तरकारी खेतीबाट लाखौं आम्दामी, स्वदेशी माटोमा सुन फलाउंदै मोहनलाल

सुन्दरहरैंचाको शुक्रबारेमा खेल मैदानको शुभारम्भ

पहिलाे पाहिलाकाे सम्मान तथा अन्तरक्रिया कार्यक्रममा १ सय १० बर्षिय नगरमाता सम्मानित

नरसिंह स्कुलको २७ औ अभिभावक दिवस सम्पन्न

विराटचाेककाे सिद्धेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्व भव्य रुपमा मनाईयाे (तस्विरहरू)

विराटचाेकमा सिद्धेश्वर महादेव मन्दिर गहनाकाे रुपमा परिचित, महाशिवरात्री पर्व भव्य रुपमा मनाईने

सुन्दरहरैचा एक्स्पाेमा जे देखियाे (५४ तस्विरहरू)

सुविजीमुरकाे खेलकुद सप्ताह शुरु

मोरङको सुन्दरहरैचामा मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ हुने

तपाईको प्रतिक्रिया