आज ह्वात्तै घट्याे सुनको भाउ, हेर्नुस् कति छ आजकाे बजार भाउ ?

काठमाडौँ / साताको पहिलो दिन आइतबार तोलामा ३ सय रुपैयाँ बढेर ६२ हजार ६ सय रुपैया पुगेको छापावाल सुन आज सोमबार ३ सय रुपैयाँ घटेर पुनः ६२ हजार ३ सय कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केहिदिनदेखि आकाशिदै गएको सुनको भाउ आज ओरालो लागेको हो ।

त्यस्तै, आज तेजावी सुन पनि ३ सय रुपैयाँ घटेर तोलामा ६२ हजार कायम भएको छ । हिजो तेजावी सुन तोलामा ६२ हजार ३ सय रुपैयाँ पुगेको छ ।

यसैगरी आज चाँदीको भाउ समेत घटेको छ । हिजो ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको सुन आज १० रुपैयाँ घटेर ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको बजेटपछि पहिलो पटक सुनको भाउ ओरालो लागेको हो ।

तपाईको प्रतिक्रिया

Loading…