आज सुनको मूल्य कति ?

काठमाडौं / केही दिनदेखि निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार घटेको हो । सोमबार बढेर ७६ हजार पुगेको सुनको मुल्य आज ५ सय घटेर तोलाको ७५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने ७५ हजार २ सयमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। चाँदी ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलामा २० रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया

Loading…