आज फेरी बढ्यो सुनको मूल्य, हेर्नुहोस् अाजकाे बजारभाउ ।


काठमाडौँ / हिजो आईतबार दुई सय रुपैयाँमा घटेर ६० हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज फेरी बढेको छ । आज बजारमा सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजाबी सुनको भाउ पनि उकालो लागेको छ । आज तेजावी सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि तेजावी सुनको मूल्य ५९ हजार रुपैयाँ रहेको थियो । आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि चाँदी ७५० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…