आज फेरि घट्यो सुनको भाउ, कति पुग्यो मूल्य ?

काठमाडौं / आज बिहीवार सुनमा प्रति तोला २ सय रुपैयाले गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ५९ हजार २ सयले कारोवार भइरहेको छ ।

त्यस्तै तेजावी सुन ५८ हजार ९ सयमा कारोवार हुँदैछ । बुधवार छापावाल सुन ५९ हजार ४ सय र तेजावी सुन ५९ हजार १ सय प्रति तोलामा कारोबार भएको थियो ।

चाँदी भने प्रति तोला ७ सयले कारोवार भइरहको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…