आज पनि ह्वातै घट्यो सुनको भाउ

काठमाडौं। सुनको भाउ आज पनि घटेको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले घट्दा ५५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ भने हिजोकै मूल्यमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला सात सय ९० रुपैयाँमा कारोबार भइरहेको हो ।

तपाईको प्रतिक्रिया