आज झन् बढ्यो सुन चाँदीको मूल्य, दिनदिनै बढ्दैछ सुनकाे भाउ ।


काठमाडौँ / आज शुत्रबार नेपाली बजारमा सुनको मूल्य झन् बढेकाे छ । बिहीबार ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँ बढेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि तेजाबी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार ७३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँ बढेर ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । काठमाडौँ उपत्यका भन्दा बाहिरका स्थानमा भने महासंघले तोके बमोजिम सुन चाँदीका मूल्यमा केही तलमाथी हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया

Loading…