आज झन् बढ्यो सुन चाँदीको मूल्य, हेर्नुहोस् अाजकाे बजारभाउ

काठमाडौँ ७ कार्तिक / आज बुधबार पनि छापावाल सुनको मूल्यमा केही वृद्धि भएको छ । दशैँ अगाडीबाटै उकालो लागेको सुनको मूल्य आज दशैँको अन्तिम दिन एक सय रुपैयाँ बढेर ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजाबी सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…