आइएमईले मनायो चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवस

पोखरा । चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवसको अवसरमा आइएमईले पोखरामा शनिबार ‘प्रभात फेरी’ कार्यक्रमको आयोजना गरेको छ । प्रवासी÷आप्रवासी नागरिकहरूले परिवारको लालनपालन र आफु जन्मेको देशको दिगो आर्थिक विकासमा रेमिटेन्स मार्फत पु¥याउदै आएको महत्वपूर्ण योगदानको सम्मानमा सन् २००५ देखि हरेक जुन १६ तारिख यस दिवस मनाउँदै आएको छ ।

समग्र विश्वको विकासका लागि रेमिटेन्सको मिलेर उपयोग गर्न नागरिक समाज, नीजि र सार्वजनिक क्षेत्रलाई प्रेरणा प्राप्त होस् भन्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो । सुरक्षित रेमिटेन्सका लागि आधिकारिक माध्ययम नै प्रयोग गरौँ’ भन्ने नारा अंकित प्लेकार्ड बोकेर गरिएको ‘प्रभात फेरी’मा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रम’ख कार्यकारी अधिकृत सुमन पोखरेल आइएमईका ब्राण्डका एम्बास्डर दिपकराज गिरी र दीपा निरौला लगायत आइएमईका व्यावसायिक साझेदार एवम् आइएमई ग्र’पमा कार्यरत उच्चपदस्थ कर्मचारीहरूसहित करिब २ सय जनाको उपस्थिती रहेको थियो ।

पोखरा बिरौटास्थीत पोखरा ग्राण्ड होटलबाट शुरु भएको ‘प्रभात फेरी’ मुस्ताङ चोक हुँदैै पृथ्वीचोकबाट पुनः होटलमै सम्मप भएको थियो । आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार ५ सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भ“गोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया