अाेरालाे लाग्याे सुनकाे भाउ

काठमाडौं, भदौ २५ / सुनको मूल्य आज तीन सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा झरेको छ । शुक्रबारसम्म सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading…