असिना पानीबाट गहुँ, दलहन बाली उत्पादनमा कमी आउने

कलैया, १४ चैत । यही फागुन २७ गते, चैत ७ र १२ गते परेको असिना पानीबाट पु¥याएको क्षतिले उत्पादनमा करिब २५ प्रतिशतले कमी आउने कृषि विकास कार्यालयले जनाएको छ । यसवर्ष गहुँ २८ हजार ९०० हेक्टर, मकै चार हजार ६३५ हेक्टर र दलहन ११ हजार ७८० हेक्टर जमिनमा खेती गरिएको र गहुँ तथा दलहन बाली भित्र्याउने तयारी गरिरहेका किसान मारमा परेका हुन् ।

असिनाले पु¥याएको क्षतिका कारण गहुँ २५, दलहन २५ र मकै १५ प्रतिशतले उत्पादनमा कमी आउने कार्यालय प्रमुख शिवरत्न साहले बताउनुभयो । बालीको बिमा गरेका कृषकलाई बिमा कम्पनीले क्षतिपूर्ति दिने भएकाले बिमा नगरेका कृषक भने समस्यामा परेका छन् । रासस

तपाईको प्रतिक्रिया

×