अशोक लेलैण्डको नयाँ क्याप्टेन टिपरको ग्रान्ड लन्च अब नेपालमा

 

काठमाडौं । आइएमई मोटर्स प्रा लि, अशोक लेलैण्डको व्यबसायिक गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता, तथा आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रवाहक एक भगिनी संस्थाले धेरै प्रतीक्षा पछि “क्याप्टेन” टिपरको नेपालमा बिक्रि वितरणको सुरुवात आज सोमबार (१५ माघ, २०७४ )का दिन होटेल हयात रेजेन्सी, बौद्ध, काठमाडौँमा एक कार्यक्रम मार्फत गरेको छ ।

उक्त कार्याक्रममा आइएमई ग्रुपका कार्यकारी अध्यक्ष श्री चन्द्र प्रसाद ढकाल र अशोक लेलैण्ड लिमिटेडका ग्लोबल ट्रकको प्रेसिडेन्ट श्री अनुज कथुरियाज्यु को उपस्थिति रहेको थियो ।

यस ऐतिहासिक अवसरमा आइएमई गु्रपका प्रबन्ध निर्देशक  हेमराज ढकाल;आइएमई मोटर्स प्रा.लिका निर्देशकहरु श्री सन्दिप अग्रवाल, सुमन पोखरेल, र इश्वर कार्की ; आइएमई मोटर्स प्रा.लिका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी; अशोक लेलैन्ड ग्लोबल ट्रक्र्स—भाइस प्रेसिडेन्ट  सुभेन्दु मोइत्रा ; अशोक लेलैन्ड कम्पनीका पुर्वी सार्क क्षेत्रिय प्रबन्धक  तन्मय मित्रा आदिको उपस्थिती भएको थियो ।

अशोक लेलैंड को मेण्टेनन्स मैत्री प्रतिष्ठालाई जारि राख्दै क्याप्टेन सिरिजका गाडीहरु जसमा उच्च माइलेज, बढ्दो सवारी अपटाइम र कम भन्दा कम टीप समय रहेका छ । जसले गर्दा सवारी सञ्चालन लागत कम गर्दछ । क्याप्टेन गाडीहरुमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक बिशेषताहरु भएकोले चलकलाई गाडीको विभिन्न अवस्थाहरुको बारेमा जानकारी प्राप्त हुन्छ । यस ट्रकले नेपालको उच्च दक्षता भएको ट्रकको बढ्दो मागलाई पुरा गर्नेछ ।

तपाईको प्रतिक्रिया