अलैची खेतीले फेरीएको डिल्लीरामकाे जीवन

तेह्रथुम ।  जिल्लाको फेदाप गाउँपालिका ओयाक्जुङका डिल्लीराम ढकाल अन्नाबाली सँगै अलैची रोप्न सुरु गरेका थिए । अलैची बिक्रीबाटै परिवार धान्न सकिन्छ भन्ने कल्पना पनि गरेको थिएनन डिल्लीरामले ।समय सँगै परिवर्तन हुँदै जाँदा उनले सुरु गरेका खेतीबाटै लाखौ आम्दामी लिन सफल बन्दै आएका छन यतीबेला । परिवारका लागी खोतीयोग्य जमिनमा धान फलाएर खुवाउँदै आएका उनले समय सँगै धानलाई मासेर अलैची खेतीलाई बिस्तार गर्दै गए ।

सुरुका दिनहरुमा अलैचीबाट आम्दामी नहुने डरले पिरोलिरहन्थ्यो डिल्लीरामलाई । ५ बर्ष पहिले सम्म घरखर्च चलाउन साहुको पुग्नु पर्ने बाध्यता थियो उनलाई । यतीबेला परिवार खर्च धानेर पनि गाउँमा लगानी गर्दै आउनु भएको छ । २०३५ सालमा ईलामबाट बिरुवा खरिद गरी खेती सुरु गरेका उनले ४ दशक पछि अन्नबाली मासेर अलैचीमा खेतीमा मात्र गर्दै आएका छन । ५० रोपनी जमिनमा खेती गर्दै आएका डिल्लीराम बिहान बेलुकी अलैची बगानमा देखीनु हुन्छ ।

आफ्नै परिवारको साथमा रहेर राम्रो आम्दानी लिन सफल बन्नु भएका डिल्लीरामले पानी नपुगेको जग्गामा सिचाँईका लागी ४ वटा स्पीङकल प्रयोग गर्दै आउनु भएको छ । ७३ बर्ष पुगीसक्नु भएका उहाँले करेसाबारीमा पनि अलैची मात्र खेती गर्नु भएको छ । अलैचीको मुल्यमा गिरावत आएपनि किसानको लगानी खेर नगएको बताउनु हुन्छ । बिरुवा बिक्रीबाट मात्रै डिल्लीरामले यसबर्ष १ लाख ५० हजार आम्दानी लिएको बताउनु भयो । धान फल्ने खेतपनी बाँकी नराखी अलैची खेती बिस्तार गरेका डिल्लीरामले अकबरे बिक्री बाटै यसबर्ष ३ लाख रुपैयाँ आम्दानी लिएको बताउनु भयो ।

उहाँ भन्नुहुन्छ – धान मकै लगायो बल्लतल्ल बर्षमा फल दिन्छ त्यै पनि मेहेनत उठ्दैन त्यै भएर अलैची खेतीलाई सुरुको हुँ । उहाँको परिवारमा ६ जनाको हुनुहुन्छ । पहिले धान फलाउनेको होड चल्थ्यो यतीबेला अलैची उत्पादन गर्नेको होड चलेको उहाँ बताउनु हुन्छ । गत बर्ष ५मन उत्पादन गर्नु भएको उहाँले आगामी बर्ष १० मन अलैची उत्पादन गर्ने लक्ष्य रहेको बताउनु हुन्छ । यहाँ उत्पादन गरीएको अलैची जिल्ला सरमुकाम म्याङलुङमा पुर्याएर बिक्री गर्ने गरेका छन ।

जिल्लाको ६ वटै स्थानीय तफमा किसानहरुले अलैची खेती गर्दै आएका छन । जिल्ला कृषी बिकास कार्यालयका अनुसार ६ वटा पकेट क्षेत्र जिल्लाको आठराई क्षेत्रमा १ वटा ब्लग सञ्चालन भई रहेको छ । गरी ७ सय २३ हेक्टर क्षेत्रफलमा अलैचीको खेती गदै आएका कृषकहरुले ६ सय ३७ हेक्टर उत्पादनशिल रुपमा खेती गर्दै आएको जिल्ला कृषी बिकास कार्यालय तेह्रथुमका वागबानी बिकास अधीकृत दिपा देबले बताउनु भयो ।

तपाईको प्रतिक्रिया