अरुण–३ ड्यामसाइटमा १ वर्ष भित्र विद्युत व्यवस्थापन गरिने

संखुवासभा / संखुवासभाको मकालु गाउँपालिका नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण–३ को ड्यामसाइटमा एक वर्ष भित्र विद्युत व्यवस्थापन गरिने भएको छ । ड्यामसाइट फ्याक्सिन्दामा विद्युत्त व्यवस्थापन नहुँदा कामले गति लिन नसकेको भन्दै विद्युत्त व्यवस्थापन गर्ने तयारी भएको आयोजनाले जनाएको छ । धर्मदेवी नगरपालिकाको तिरतिरे सबस्टेशन माम्लिङ्गबाट ड्यामसाइट फ्याक्सिन्दासम्म ३३ केभी प्रशारण लाइन लैजाने तयारीमा जुटेको हो ।

तिरतिरे सबस्टेशनदेखि फ्याक्सिन्दासम्म ९ सय ५८ वटा बिजुलीका पोल (खम्बा)हरु बस्ने सर्भे समेत भइसकेको छ । एक वर्ष भित्र सबै पोलहरु गाडिने अरुण तेस्रो जलविद्युत्त आयोजना निर्माण कम्पनी सतलजले जनाएको छ । आयोजना निर्माण कम्पनी सतलजले विद्युत्त प्रशारण लाइनका पोलहरु रहने ठाउँको समेत मुआब्जा दिइने जनाएको छ । सतलजले जिल्लामा गठन गरेको मुआब्जा निर्धारण समिति (सीडीसी) ले निर्णय गरे बमोजिम मुआब्जा वितरण गर्ने जनाएको छ ।

तर ३३ केभी प्रशारण लाइन पीडितको प्रावधान अनुसार हुनुपर्नेमा सरोकारावालाहरुले जोड दिएका छन् । जग्गाधनीहरुलाई सकेसम्म पुरानै दररेटमा उपयुक्त तवरले मुआब्जा पाउनुपर्ने, प्रभावित क्षेत्रलाई रोजगारमा प्राथमिकता दिनुपर्नेमा उनीहरुको जोड छ ।

तार र पोल (खम्बा) मुनी परेको जग्गाको कति मुआब्जा दिने भन्ने विषयमा टुङगोमा पुगी नसकेको जनाउँदै मुआब्जा निर्धारण समिति (सीडीसी) र सरोकारवालाबीच छलफल गरेर नै मुआब्जा वितरण बारेमा छिट्टै टुङ्गाइने प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो बताए । नयाँ बन्ने आयोजनाहरुलाई ध्यानमा राखेर पुरानो दररेटमा मुआब्जा बृद्धि गर्न नसकिने तर अन्तराष्ट्रिय मापदण्डको आधारमा मुआब्जा निर्धारण गरिने आयोजना निर्माण कम्पनीले जनाएको छ ।

तिरतिरे सबस्टेशनबाट खराङ्गको त्रिशुले हुँदै खड्का गाउँ, बंगाली गाउँ, चापाभुइँ, हेवा, अर्चले, लिङ्गलिङ्ग, फापुङ, खप्टुवा, बडरेनी, राम्चेबशी हुँदै ड्यामसाइट फ्याक्सिन्दा र्पुयाउने भइरहेको छ ।

तपाईको प्रतिक्रिया