अम्लिसोले मुल्य नपाउँदा किसान चिन्तीत

तेह्रथुम / पुर्बी नेपालमा नगदेबालीको रुपमा किसानहरुले खेती गर्दै आएको अम्लिासोले मुल्य नपाउँदा चिन्तिन बनेका छन ।तिन बर्षको तुलनामा ७५ प्रतिशत मुल्यमा गिरावत आए सँगै ब्याबशायिक रुपमा खेती गर्दै आएका किसानहरु चिन्तित बनेको हुन । अम्लिसो खेतीबाट राम्रो आम्दानी लिन थाले सँगै ब्याबशायिक रुपमा खेतीलाई बिस्तार गर्दै आएका किसानहरु २ बर्षदेखी मुल्यमा सुधार नहुँदा बर्षैनी लाखौ रुपैयाँ क्षती बेहोर्दै आउनु परेको तेह्रथुुम छथरगाउँपालिका २ हमरजुङका किसान झपट बहादुर कार्कीले बताए ।

अन्नबाली खेती गर्ने जन भएका कारण अम्लिसो खेती रोजेका कार्कीले सुरुका केही बर्ष राम्रो आम्दानी लिँदै आएको बताए । खासै मेहेनत गर्नु नपर्ने भएको र सुख्खा र ओसिलो जमिनमा खेती गर्न सकिने भएकाले पनि किसानहरु अम्लिसो खेतीलाई रोज्दै आएका हुन ।

खाली जमिनका साथै खेतीयोग्य भुमीमा अन्याबाली मासेर अम्लिसो खेतीमा होमिएका थिए । किसानहरुले उत्पादन गरेको अम्लिसोले मुल्य नपाउँदा निल्नु नओल्नु भएको छ । किसानहरु भन्छन् बेचौ दाम छैन नबेचौ घरखर्च चलाउन समस्या । तिन बर्ष अघी १ सय १० रुपैयाँमा बिक्री भएको अम्लिसो यस बर्ष २५ रुपैयाँमा मात्र बिक्री हुँदै आएको छ । गतबर्ष पनी अम्लिसोले मुल्य नपाउँदा बिक्री नगरी थन्क्याएर राखेको किसानहरुले बताउने गरेका छन । मुल्याको पखाईमा रहेका किसानहरुले यस बर्ष पनी मुल्य नपाउँदा मारमा पर्दै आएका छन ।

अन्यबालीको तुलनामा राम्रो आम्दानी हुने गरेको र गाईभैसीको लागी हरियो घाँसको रुपमा प्रयोग हुने भएकाले किसानहरुले खेतीलाई बिस्तार गर्दै ब्याबशायिक रुपमा खेती गर्दै आएका हुन । बिक्री गर्दै समय बितीसक्दा पनि मुल्य नपाउँदा किसानहरुले अम्लिसो थुत्न ढिलाई गरी रहेको लालीगुराँस नगरपालिका दाँगपाका रमेश बस्नेतले बताए । अम्लिसोलाई कुच्चो रुपमा प्रयोग गर्ने गरिन्छ । पुर्बी नेपालको पहाडी क्षेत्रका प्रायजसो धेरै किसानहरुले खेती गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया