अग्नि मोटो इन्कद्वारा सञ्चालित “सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा” योजना अन्र्तगत बम्पर विजेता घोषणा

काठमाडौं । महिन्द्रा टु ह्वीलरको आधिकारीक वितरक अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ चाडपर्वको अवसरमा “सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा” योजना प्रस्तुत गरिएको योजना अन्तर्गतको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्रदान गर्दै आइएको थियो भने बम्परमा २ परिवारलाई थाइल्याण्डको भ्रमण गर्ने अवसर प्रदान गरिएको थियो ।

यस योजना अन्तर्गत थाइल्याण्ड भ्रमणको लागि बम्बर विजेता कुपन नं ९९७ हेटौंडाका कल्पना दाहाल ज्यू तथा कुपन नं ००१ वितामोडका मन्जु खरेलज्यू बन्नुभएको छ । वहाँहरुका परिवारले ५ दिन ४ रातको प्याकेज सहित बैंकक भ्रमण प्राप्त गर्नु भएको छ । साथै, १५औं दिनको अन्तिम रानिहार विजेता मध्यविन्दुका दल बहादुर खत्री हुनुभएको छ भने वहाँको कुपन नम्बर ९४९ रहेको छ ।

यस लक्की ड्रको घोषण महिन्द्रा टु ह्वीलरको अफिसियल फेसबुक पेजः https://www.facebook.com/MTWLNepal मार्फत महिन्द्रा एण्ड महिन्द्रा नेपालका कन्ट्री म्यानेजर आशिष जोशीज्यूले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया