अक्टोबर ७ देखि २०२२ का लागि डिभी लोटरी भर्न सकिने, नतिजा मे ८ मा आउने

सन् २०२२ का लागि डिभी लोटरी अक्टोबर ७ देखि भर्न सकिने अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । न्युयोर्क समय अनुशार अक्टोबर ७ बुधबार अपरान्ह १२ बजेदेखि नोभेम्बर १० अपरान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ ।

एउटाभन्दा धेरै आवेदन भर्नेहरु डिभी कार्यक्रमका लागि अयोग्य हुने भएकाले एउटा व्यक्तिलाई एउटामात्र आवेदन दिन सुझाव दिइएको छ । २०२२ को डिभी लोटरीका लागि नेपालीहरु योग्य हुनेछन् । तर बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, बेलायत र भियतनाम लगायतका देशका नागरिकहरु योग्य हुनेछैनन् ।

तपाईको प्रतिक्रिया