अकबरे खेती तर्फ कृषक आकर्षित

तेह्रथुम / परम्परागत रुपमा अन्नबाली लगाएको आढ नौ महिनामा भित्र्याउनु कुनै नौलो कुरा रहेन तेह्रथुमका ग्रामिण क्षेत्रका कृषकहरुलाई । बर्षमा एक पटक मात्र हुने अन्नबालीबाट राम्रो आम्दानी हुन छाडे सँगै यतीबेला यहाँका कृषकहरु अकबरे खेती तर्फ आकर्षित बन्न थालेका छन । कडा परिश्रम तथा मेहनतले उब्जाएको अन्नबालीले आफ्नो ज्याला पनि नउठेकाले बैकल्पिक. खेतीलाई यहाँका कृषकहरुले रोज्न थालेका हुन । गाउँमा युबाहरु छैनन् खेती लगाउन समस्या छ लगाए पनी खेतालाको ज्याला पनी उठ्दैन त्यसैले अकबरे खेतीलाई राजेको फेदाप गाउँपालिकाका मालती जोगी बताउँछिन् । ५ बर्षदेखी अन्नबालीलाई मास्दै अकबरे खेतीलाइै रोज्दै आएकी जाृगीले भएको सबै जमिनमा अलैची र अकबरे रोपेको छिन् । अन्नबालीले आफुलाई ५ महिना पनि खान पुग्दैन थियो अकबरे र अलैची खेतीले परिवार चलाउन उनलाई समस्या नरहेको बताउँछिन ।

बिभीन्न कारणले अकबरेको मूल्यमा गिरावत आए पनी कृषकहरुले राम्रो आम्दानी लिन गरेकोले जिल्लाको ग्रामिण क्षेत्रका कृषकहरु अकबरे खेतीलाई ब्याबशायिक रुपमा खेतीको बिस्तारमा जुट्न थालेका छन ।जोगी जस्तै छथर गाउँपालिका ६ सुदापका शिबमाया खडेकाले बिगत ६ बषैदेखी अकबरे खेती लगाउँदै आएकी छिन् । गाउँ गाउँमा सडक सञ्जालहरु जोडिए सँगै अन्नबालीको साट्टा नगदेबाली कृषकहरुले रोज्दै आएका हुन । यस बर्ष छथर २ का खेलमाया लिम्बुले ५ हजार अकबरेको बिरुवा लगाएकी छिन् । अन्नबालीले हैरानी बन्दै आएकी लिम्बुले अकबरे खेतीलाई रोजेकी बताईन । उनी जस्तै गाउँमा धेरै कृषकहरुले यसबर्ष मात्रै अकबरे खेती लगाएका छन । गाउँ गाउँमा उत्पादन भएको अकबरे बिक्रीका लागी धेरै टाढको बजार पुर्याएर बेच्नु पर्ने बाध्यता छैन यहाँका कृषकहरुलाई ।

अग्र्यानिक रुपमा खेतीलाई बिस्तार गर्दै आएका कृषकहरुले यहाँ उत्पादन गरेको अकबरे नेपाल लगायत बिभीन्न मुलुकहरुमा निर्यात हुने गरेको जिल्ला कृषी बिकास कार्यालय तेह्रथुमले जनाएको छ । जिल्लाको बिषेश गरी छथर क्षेत्रमा उत्पादन भएको अकबरेले छुट्टै पहिचान बनाउन सफल बन्दै गएको छ । बिभीन्न टाउँबाट यस क्षेत्रमा आउने पाहुनाहरुले छथरको कोशेलीको रुपमा अकबरेलाई लैजाने गरेको कृषकहरुले बताउने गरेका छन । पछिल्लो समय यहाँका धेरैजसो कृषकहरु अकबरे खेती तर्फ आकर्षित बन्न थालेका छन । कृषकहरु अकबरे खेतीमा आकर्षण भए सँगै छथर क्षेत्रमा अकबरे नर्सरी उत्पादनबाटै बार्षिक लाखौ रुपैयाँ आम्दानी लिन सफल बनेको छथर १ का राधा बस्नेतले बताईन ।

बजारमा प्रतिकेजी ३ सयको दरले बिक्री हुने गरेका अकबरेको उत्पादन सुुरु हुँदा बजारमा ५ सय रुपैयाँ सम्म प्रतिकेजी बिक्री हुँदै आएको छ । अकबरे खेतीबाटै यस क्षेत्रका कृषकहरुले बार्षिक करोडौ रुपैयाँ भित्र्याउँदै आएका छन । बिभीन्न रोगहरुले सताए पनी खेतीलाई बिस्तार गर्दै ब्याबशायिकता तर्फ यहाँका कृषकहरु उन्मुख हुन थालेका छन ।

Purbeli TV

तपाईको प्रतिक्रिया